पोखरा फागुन १७,
पोखराका विभिन्न ठाउमा सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दुख दिनेहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखराको पृथ्वीचोक तथा मुस्ताङचोकमा विभिन्न ठाँउवाट आएका पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुःख हैरानी समेत दिई अभद्र व्यवहार गर्नेहरु तथा सर्वसाधारण मानिसहरुलाई पनि अनेकौ दुख दिने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक सुर्यवहादुर रानाले जानकरी दिएका छन् । यसरी पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं ९ वस्ने रुपेन्द्र श्रेष्ठ ,मोहन आचार्य ,नारायण अधिकारी ,श्याम प्रसाद शर्मा ,विकास कुंवर ,बिमल ठकुरी ,विकास श्रेष्ठ पोखरा महानगरपालिका वडा नं १३ पाटनवेसी वस्ने रन्जन खड्का र पोखरा महानरगपालिका वडा नं १७ ड्यामसाईड निवासी सविन नेपाली रहेका छन् । उनिहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।