पोखरा फागुन २२,
नेपाली काँग्रेस संगको गठवन्धन तोडेर नेकपा एमाले र रास्वपासंग गठवन्धन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई यतिवेला मन्त्रीमण्डललाई पूर्णता दिनुभन्दा पनि गठवन्धनलाई कसरी वलियो वनाउने भन्ने चिन्ताले सताएको छ । त्यो चिन्ता प्रभचण्डलार्ई मात्रै हैन नयाँ गठवनधनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई पनि रहेको छ । यसै कारण गठवन्धन वनाउने वेलामा कुनै सरोकार नराखी नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टि मात्रै सामेल भएर ४ दलीय गठवन्धन वनाएका ओली र प्रचण्डले अहिले १० सिट भएको नेकपा एकिकृत समाजवादीलाई गठवन्धनमा सामेल गराउनका लागि हिजो दिनभरी जसो प्रयत्न गरेका छन् । काँग्रेस संगको गठवन्धन तोडेर ४ दलीय नयाँ गठवन्धन वनेपछि पर्ख र हेरको अवस्थामा रहेको नेकपा एकिकृत समाजवादीको खोजी यतिवेला भईरहेको छ । माधव नेपालको नामै सुन्न नचाहाने, एकिकृत समाजवादीलाई पार्टिको मान्यतानै दिन नखोज्ने एमाले अध्यक्ष केपि ओली स्वयम् माधव नेपाललाई टोलीफोन गरेर गठवन्धनमा सामेल हुनुप¥यो भन्ने र घरमै घएर भेटेर गठवन्धनमा आउनु अनुरोध गरेपछि प्रचण्ड, ओलीले माधव नेपालको साथ खोजेका छन् भने नेपालको राजनितीमा अहिले नेकपा एकिकृत समाजवादीको औचित्य पुष्ठि भएको छ ।
वर्तमा ४ दलीय सत्ता गठवन्धनमा नेकपा एमालेको ८८, नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २१ र जनता समाजवादी पार्टिको १२ सिट गरि १४३ सदस्य रहेको छ । सरकार वनाउन १३८ मत चाहिने भएपनि यो मत सरकार वनाउन प्रयाप्त मत हो । हुनत जनमत र नागरिक उन्मुक्ति पार्टि पनि यो गठवन्धनसंगको संभावमा रहिरहेको भएपनि उनिहरुले निर्णय गरिसकेका छैनन् । जनमत पार्टिले मधेशको मुख्य मन्त्रीलाई वटम लाईन वनाएको छ भने मधेशको मुख्यमन्त्री जसपाले कुनै पनि हालतमा छोड्ने देखिदैन त्यसैले १२ सिट भएको जसपाकोनै गठवन्धनमा महत्वपूर्ण भूमिका हुने भएकाले जनमत पार्टि गठवन्धनमा सामेल हुने नहुने एकिन छैन । त्यसै गरि नागरि उन्मुक्ति पार्टिले पनि सुदुर पश्चिम प्रदेशको मुख्यमन्त्रीलाई वटमलाई वनाएको छ । गठवन्धनवाट नागरिक उन्मुक्ति पार्टिलार्ई मुख्यमन्त्री दिने संभावना देखिदैन । यस्तो अवस्थामा दुवै दल गठवन्धनमा आउने निस्चित छैन । अर्को तर्फ रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान छोडेको छैन । गृह नपाएर रास्वपा गठवन्धनवाट अलग हुने धम्की दिईरहेको छ । गृह नपाएर रास्वपा गठवन्धनवाट वाहिरियो भने यो गठवनधन संग वहुमत रहदैन । १४३ वाट एकैचोटि १२२ मा झर्दछ त्यस्तो अवस्थामा १० सिट भएको नेकपा एकिकृत समाजवादीलार्ई गठवन्धनमा समोल गराउन सकेको खण्डमा रास्वपाले छोडेको अवस्थामा पनि नेकपा एकिकृत समाजवादी सहित लोसपा नागरिक उन्मुक्ति लगायतका दलहरुलाई लिएर भएपनि सरकार वनाउन पुग्ने मत गठवन्धनसंग रहने भएकाले ओली र प्रचण्ड माधव नेपालको घरमा धाईरहेको वुझ्न सकिन्छ ।
उता नेपाली काँग्रेसका ८८, राप्रपाका १४ नेकपा एकिकृत समाजवादीका १०, लोसपाका ४, नागरिक उन्मुक्ति र जनमत पार्टिका ९ सांसद अर्कोतिर हुँदा रास्वपा गृह नपाएको झोकमा ४ दलीय गठवन्धन छोड्यो भने काँग्रेसको पहलमा १४६ सदस्य सहितको अर्को गठवन्धन वन्ने डर पनि ओली र प्रचण्डमा देखिन्छ त्यसैले ओली र प्रचण्डले ४ दलीय गठवन्धनको साटो ५ दलीय गठवन्धन वनाउने र संयन्त्रमा नेकपा एकिकृत समाजवादीलाई पनि सामले गराउने प्रस्ताव गरिसकेका छन् । प्रदेश सरकारहरुका विषयमा पनि सम्मानजनक तरिकाले संवोधन गरिने कुरा उठेका छन् । वामपन्थी एकताका लागि नयाँ गठवन्धन वनाईएको प्रचण्डले वताएपछि र लामो सहकार्य गर्न माधव नेपाललार्ई ओली र प्रचण्डले प्रस्ताव गरेपछि माधव नेपाल पनि सकारात्मक भएको वुझिएको छ । यस्तो अवस्थामा नेपापा एकिकृत समाजवादीले ११ वजे सचिवालयको वैठक वोलाएको छ । उक्त वैठकले नयाँ गठवन्धनमा सामेल हुने नहुने निर्णय गर्ने पार्टिका महासचिव धनश्याम भूषालले वताएका छन् ।