पोखरा चैत्र ५,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ्वाट निर्वाचित प्रदेश सभा सदस्य राजिव गुरुङलाई आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त गरेका छन् । गुरुङलाई आजै प्रदेश प्रमुख डिल्लिराज शर्माले सपथ ग्रहण गराएका छन् । मनाङ जिल्लावाट स्वतन्त्र रुपमा निर्वाचित भएका गुरुङ करिव १ वर्ष अगाडि मात्रै नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । उनि नेकपा एकिकृत समाजवादीको केन्द्रिय परिषद सदस्य पनि हुन् । गण्डकी प्रदेश सभामा उनलाई एकिकृत समाजवादीवाट दलको मान्यता समेत प्राप्त छ । यसै विच हिजो मात्रै सांसद गुरुङले आफु मनाङ जिल्लाको ख निर्वाचन क्षेत्रवाट स्वतन्त्र हैसियतमा निर्वाचित भएर आएको हुनाले गण्डकी प्रदेश सभामा स्वतन्त्रको हैसियत कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए । त्यस लग्गत्तै आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गुरुङलाई प्रदेशको शक्तिशाली मन्त्रालय भौतिक पूर्वाधार तथा यातायत मन्त्रीमा नियुक्त गरेपछि गण्डकी प्रदेशको राजनितीमा एकाएक नयाँ ढंगको ट्वीष्ट आएको छ ।
गण्डकी प्रदेश सभामा नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले चैत्र २१ गते भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । यसरी अल्पमतमा परेका पाण्डे आफ्नो कुर्चि जोगाउने खेलमा लागेका छन् । रोचक कुरा त के छ भने यस भन्दा अघिल्लो गठवन्धनमा नेकपा एकिकृत समाजवादीमा रहेका दिपक मनाङ्गेलाई कुनै पनि हालतमा मन्त्री वनाउन तयार नभएका मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठवन्धन परिवर्तन भएसंगै आफ्नो सत्ता जोगाउनका लागि राजिव गुरुङलाई दोस्रो वरियताको मन्त्री वनाउदै महत्वपूर्ण मन्त्रालय दिएका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसका २७, नेकपा एमालेका २२, नेपाल समाजवादी पार्टिको १ सहित माओवादी केन्द्रका ८ राप्रपाका २ र स्वतन्त्रको हैसियतमा १ सांसद रहेका छन् । नयाँ गठवन्धनमा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुख वाहेकका ६ र नेपाल समाजवादीका १ गरि ७, नेकपा एकिकृत समाजवादीका १ गरि ३० जना प्रदेश सभा सदस्य रहेका छन् राप्रपाले समर्थन गरेको खण्डमा गण्डकीमा नयाँ गठवन्धनको सरकार वन्ने पक्का पक्की जस्तै थियो । राप्रपाले केन्द्रमा गठवन्धनमा समोल नभएपनि प्रदेशको हकमा प्रदेशलेनै निर्णय गर्ने भनेको अवस्थामा राप्रपाले समर्थन नगरे मद्यावधी निर्वाचन हुने र मद्यावधी हुँदा अनाबश्यक खर्च वढ्ने भएकाले राप्रपाले मद्यावधीमा जान भन्दा सरकार वन्नाउनका लागि सघाउनेमा एमाले र माओवादीका नेताहरु विश्वस्त भएका थिए । तर आईतवार नेकपा एकिकृत समाजवादी पार्टिमा प्रवेश गरिसकेका राजिव गुरुङ स्वतन्त्र भएर आज मन्त्रीमा नियुक्त भएसंगै गण्डकीको राजनिती एकाएक युटर्न भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत्र २१ गते अगावै राप्रपाको समेत समर्थन लिएर आफ्नो पक्षमा वहुमत जुटाउने कसरथ थालेको देखिन्छ । काँग्रेसका २७, स्वन्त्र १, राप्रपाका २, र डा. वावुराम भट्टराईको नेपाल समाजवादी पार्टिका १ गरि ३१ प्रदेश सभा सदस्य पु¥याउने रणनितीमा पाण्डे रहेको देखिन्छ । नेपाल समाजवादी पार्टिवाट महिन्द्र राय लगायतका नेताहरुलाई फुटाएर लगेको भन्दै डा. भट्टरार्ई प्रधानमन्त्री प्रचण्डसंग रुष्ट देखिएका वेला गण्डकी प्रदेशमा आफुपक्षीय प्रदेश सभा सदस्य फडिन्द्र देवकोटालाई काँग्रेसलाई समर्थन गर्न लगाउने संभावना देखिन्छ । राप्रपा गण्डकी प्रदेशमा मद्यावधी निर्वाचन रोक्ने पक्षमा रहेकाले जुन गठवन्धनको वहुमत पुग्दछ सोही गठवन्धनलाई सघाउने तर्फ जाने हुँदा मुख्यमन्त्री पाण्डे आफ्नो पद जोगाउने रणनिती स्वरुप राजिव गुरुङलाई मन्त्री वनाएको देखिन्छ तर नेकपा माओवादीको निर्वाचन चिन्हवाट चुनाव लडेका देवकोटाले नेपाल समाजवादी पार्टिको हैसियतमा मत दिन पाउछन् की पाउदैनन् सो भने अनुत्तरितनै छ ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।