पोखरा चैत्र १२,
रंगहरुको पर्व फागुपूर्णिमा अर्थात होली आईतवार नेपालका काठमाण्डौ उपत्याका लगायत पाहाडि र हिमाली भेकमा धुमधामका साथ मनाईएको छ । भने तराईमा भोली मनाईदै छ । असत्यमाथि सत्यको विजयको रुपमा मनाईने होली पर्वका अवसरमा सरकारले आईतवार पाहाडि र हिमाली भेकमा र सोमावार तरार्यमा सार्वजनिक विदा समेत दिएको छ होली पर्वका अवसरमा पोखरामा विभिन्न संघ संस्थाहरुले हाली विषेश कार्यक्रमको आयोजना गरि होली मनानएका छन् भने स्वतस्फूर्त रुपमा विभिन्न उमेर समूहका मानिसहरुले पोखराका विभिन्न ठाँउमा विहानै देखि होली मनाएका छन् । पोखराका वजार तथा सडकहरुमा विभिन्न उमेर समूहका मानिसहरु एक आपसमा रंग दल्दै होली मनाउदै हिडेको दृष्य रमाईलो देखिएको देखिएको थियो ।
होली पर्वको अवसरमा रेवान पोखराले पोखराको लेक साईड क्षेत्रमा विषेश कार्यक्रम गरेको थियो । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका होली महोत्सव २०८० आयोजना गरेको रेवानका महासचिव सविकास भट्टराईले जानकारी दिए । होली कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव धिमिरेलाई प्रमुख अतिथि वनाईएको थियो । होली महोत्सवमा विभिन्न देशका विदेशी पर्यटकहरु तथा स्वदेशी पर्यटकहरुका अतिरिक्त पर्यटन व्यवसायी, बिभिन्न संघं संस्था, लगायत सर्वसाधारण मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो । होली महोत्सव अम्मट चौतारावाट सुरु भएको थियो भने एक आपसमा रंगहरु दल्दै रमाईलो गर्दै पञ्चे वाजा र संगितका साथमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक हुदै खहरेचोकमा पुगेर समापन भएको थियो ।