पोखरा चैत्र १४,
नेकपा एमाले कास्कीको अध्यक्षमा वैन वहादुर क्षत्री निर्वाचित भएका छन् । एमालेको जारी ११ औ अधिवेसनको मत गणनामा ५५१ मत ल्याएर क्षत्री निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी माधव वास्तोलाले जम्मा ३४७ मत प्राप्त गरे । अर्का अध्यक्षका उमेद्धवार विवेक त्रिपाठीले १७ मत प्राप्त गरे । एमाले कास्कीमा सर्व सम्मतीको प्रयास असफल भएपछि केन्द्रिय उप महासचिव पृथ्वी सुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका दुई समूहले प्यानल वनाएर चुनाव लडेका थिए । मंगलवार र वुधवार भएको मतदान पछि भएको मतगणनामा खगराज अधिकारीको प्यानलनै विजयी भएको छ । गुरुङ निकट उमेद्धवारहरुले प्राप्त गरेको मत हेर्दा कास्कीमा खगराज समूह निक्कै वलियो रहेको देखिएको छ । जम्मा खसेको ९१४ मतमा क्षेत्रीले ५५१ मत ल्याउदा वास्तोलाले जम्मा ३४७ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा अधिकारी समूहकै भेषराज वराल ५३७, सचिवमा दर्शन लामा ५९५, उप सचिवमा सन्तु सुवेदी ५१०, र लालवहादुर परियार ५८१ मत ल्याएर विजयी वनेका छन् । गुरुङ समूहका उपाध्यक्षका उमेद्धवार शिव प्रसाद आचार्यले ३४४, सचिवका उमेद्धार सुरेन्द्र गुरुङले ३२०, उप सचिवका उमेद्धवारहरु राधिका शाही ले ३४४ र गिता विकले ३४४ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि अधिकारी समूहकै वर्चश्व रहेको छ । गुरुङ समूहका उमेद्धवारहरुले प्राप्त गरेको मत हेर्दा यो समूह कास्कीमा निक्कै कमजोर देखिएको छ । गण्डकी प्रदेश र प्रदेशका लगभग पुरै जिल्लामा रहेको दुई नेताहरुको गुटवन्दीमा गण्डकी प्रदेशको अधिवेसनमा गुरुङ समूहले अधिकारी समूहलाई क्लिन स्वीप पारेको थियो । गण्डकी प्रदेशको राजनितीलाईनै प्रभाव पार्न सक्ने कास्की जिल्लाको अधिवेसनमा प्यानलनै जितेर अधिकारीले गण्डकी प्रदेश अधिवेसनको क्षतीपूर्ति लिएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।