पोखरा वैशाख २९,
नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिलेको गठवन्धन यस अगाडिको गठवन्धन भन्दा वलियो रहेको वताएका छन् । नेपाली काँग्रेससंगको यस भन्दा अगाडिको गठवन्धन भन्दा वामपन्थी पार्टिहरुका विचको गठवन्धन वलियो र लामो समयसम्म जाने खनालले वताए । नेकपा एकिकृत समाजवादी कास्की जिल्ला कमिटीद्धारा आयोजित अगुवा कार्यकर्ता भेलालाई शुक्रवार पोखरामा संवोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले नेकपा एकिकृत समाजवादीका लागि नेपाली काँग्रेस संगको गठवन्धन भन्दा वामपन्थीहरुसंगको गठवन्धन फदायी हुने वताए । यो गठवन्धन वनेपछि नेकपा एमाले लगायत बामपन्थी पार्टिहरुका विच कार्यगत एकताको ढोका खुलेको वताउदै मुलुकको हितका लागि पनि वामपन्थीहरु विचको सहकार्य आवश्यक रहेको वताए । गठवन्धनमा केही समस्या रहेको स्वीकार गर्दै खनालले ति समस्याहरु सम्वादको माद्यमवाट समाधान गर्न सकिने वताए । सुदुर पश्चिम प्रदेशमा विश्वासको मत दिने सवाल, वाग्मती र कोशीमा पनि केही समस्या रहेको वताउदै खनालले गठवन्धनमा रहेका समस्या आपसी छलफल र समझदारीवाट टुङ्याउनुपर्ने वताए । आफ्नो पार्टि महाधिवेसनको संघारमा रहेको वताउदै महाधिवेसन पछि यो पार्टिले पारित गर्ने समाजवादी कार्यदिशाले पार्टिलाई मजभूत वनाएर लैजाने वताए । पार्टि विभाजनको हल्ला चलाईएको प्रति संकेत गर्दै जनता समाजवादी पार्टि फुटेको अवस्थामा हाम्रो पार्टि पनि फ्ट्दैछ भन्ने हल्ला चलाईएको भन्दै यो निराधार भएको खनालले वताए । आफ्नै पार्टिका केही नेताहरुको अभिब्यक्तिले केही समय सम्म अवस्था तरल वनेको भन्दै खनालले त्यो अवस्था अव नरहेको वताए । नेकपा एकिकृत समाजवादी एक ढिकका रहेको वताउदै यो पार्टि विभाजनको सपना कसैले देखेको छ भने त्यो उसको कल्पना मात्रै हुने पूर्व प्रधानमन्त्री खनालले वताए । उक्त कार्यकर्ता भेला नेकपा एकिकृत समाजवादीका कास्की जिल्ला अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको थियो ।