पोखरा जेष्ठ ८,
पोखरा महानगरपालिका वडा नं ३० शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा मंगलवार तोडफोड भएको छ । उक्त सहकारीमा दिउसो २ वजेको समयमा केही ब्यक्ति प्रवेश गरि सहकारीका कर्मचारी माथी हातपातगर्ने, कागजपत्र यत्रतत्र मिल्काउने,तथा टेलीफोन तथा नेटको तार समेतमा क्षति पु¥याउको प्रहरीले जनाएको छ । उक्त सहकारी संस्थामा तोडफोड भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिसुवाको प्रहरी टोली सहकारीमा पुगेको थियो । सहकारीमा तोडफोड भएको र कर्मचारीहरुलार्य समेत हातपात गर्ने ९ जनालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो यसरी पक्राउ पर्नेहरुमा कास्की जिल्ला माछापुच्छ्रे गा.पा. ५ रिवान बस्ने बर्ष ३६ को प्रकाश बि.क., झापा जिल्ला भद्रपुर न.पा.३ बस्ने वर्ष ४० को राजिव प्रसाई, कास्की जिल्ला पोखरा म.न.पा.२७ लेखनाथ वस्ने वर्ष ४२ को गणेश शाही,कास्की जिल्ला पोखरा म.न.पा.२७ लेखनाथ वस्ने वर्ष २९ को समिन बि.क,कास्की जिल्ला पोखरा म.न.पा.२७ लेखनाथ वस्ने वर्ष २७ को संजिप सुनार,कास्की जिल्ला पोखरा म.न.पा.२७ लेखनाथ वस्ने वर्ष ५२ को यम ब.चौरेली,कास्की जिल्ला पोखरा म.न.पा.२७ लेखनाथ वस्ने वर्ष ४९ की कृष्ण कुमारी चौरेली,रुपन्देही जिल्ला ११ घर बताउने वर्ष ४७ की कमला चन्द, नवलपरासी जिल्ला घर बताउने वर्ष ४२ की बिष्णु बोहरा रहेका छन् । उनिहरुलाई पक्राउ पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वसन्त कुमार शर्माले जानकारी दिए । पक्राउ पर्ने मध्ये केही दुर्गा प्रसाईका कार्यकर्ता रहेको वताईएको छ ।