पोखरा जेष्ठ १३,
नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभाका अवसरमा पत्रकारहरुलाई सम्मान गरिएको छ । शनिवार पोखरामा आयोजित नेपाल पत्रकार महासंघ कास्कीको १७ औ साधारण सभा एवं १२ औ अधिवेसनका अवसरमा उद्योगपति सुर्यवहादुर केसीको परिवार द्धारा स्थापित कृति स्मृति पत्रकारिता वृत्ति २०८० वाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सभापति हरिहर विरही र आर्थिक पत्रकारिता पुरस्कार २०८० वाट फेवापोष्ट साप्ताहिक तथा फेवापोष्ट खवर डटकमका सहायक सम्पादक श्रीराम सिग्देललाई सम्मान गरिएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान पत्र र दोसल्लाले विरही र सिग्देललाई सम्मान गरेका थिए । कृति स्मृति वित्तीको राशी नगद १ लाख ११ हजार १ सय ११ रहेको छ । त्यसै गरि आर्थिक पत्रकारिता पुरस्कारको रासी नगद २० हजार रहेको छ ।
त्यसै गरि कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले प्रदान गरेको प्रेस स्वन्त्रता सेनानी सम्मान हस्तान्तरण गरियो । प्रथम राष्ट्रपति डा. यादवले प्रेस स्वन्त्रता सेनानीहरु नवराज सुवेदी, रमेश पौडेल, रविन्द्र वास्तोला र पदम रेग्मीलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए । त्यसै गरि नेपाल पत्रकार महासंघ कास्कीले दिर्घ पत्रकारीता सम्मानवाट पत्रकारहरु विश्व प्रकाश लामिछाने, सुरेन्द्र थापा, शिरोमणि वराल, र डा. वलराम उपाध्याय रेग्मीलाई सम्मान गरेको छ । उनिहरुलाई पनि डा. यादवले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।


सो अवसरमा मन्तव्य व्यक्त गर्दै डा. यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन प्रकारले गिरफ्तार गरिएको छ त्यो राम्रो नभएको वताएका छन् । नागरिकतामा केही त्रुटि भएको विषयलाई जिल्ला प्रशासन कार्यालयले एउटा पत्र पठाएर सिरोहियालाई वोलाएर त्यसलाई सच्याउन सकिने ठाउमा राज्यको शक्ति लगाएर गिरफ्तार गरिनु दुखद भएको डा. यादवले वताए । डा. यादवले संविधान र कानूनमा लेखिएको कुरा राज्यको निकायमा वस्नेहरुले सही रुपमा प्रयोग नगर्दा समस्या आउने वताए । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र र राजनिती क्षेत्र दुवै जिम्वेवार वन्नुपर्ने वताए ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ठले समाचार छापेकै भरमा मिडिया सञ्चालकलाई मुद्धा लगाउदै जाने हो भने पत्रकारले कसरी काम गर्न सक्दछ भन्ने प्रश्न गरे । यसरी सञ्चालकहरुमाथि समाचार लेखेकै आधारमा प्रतिशोध साध्ने हो भने सञ्चारको मुहान सुक्ने खतरा रहेको विष्ठले वताए । कान्तिपुरको हकमा कान्तिपुर मिडियाले सहकारी ठगिको विषयलाई निरन्तर उठाएर पत्रकारको धर्म निर्वाह गरेको वताउदै विष्ठले उक्त कुरालाई चटक्कै विर्षेर कन्टेनको समिक्षा नगरि राज्यले प्रतिशोध पूर्ण व्यवाहार गरेको र कान्पिुरलाई खाने बाघले अरुलाई पनि खाने खतरा वढेको विष्ठले वताए । सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरि वहादुर चुमान, कृति स्मृति वृति २०८० वाट सम्मानित नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरही, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि लेखनाथ न्यौपाने,आर्थिक पत्रकारिता पुरस्कार २०८०वाट सम्मानित श्रीराम सिग्देल, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वराल, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीले ३ वर्षको आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कामहरुको वारेमा चर्चा गरिन् । कार्यक्रममा कृति स्मृति पत्रकारिता वृत्ति २०८०वाट सम्मानित हुने वरिष्ठ पत्रकार हरिहर विरही,पुरस्कार र छनौटको वारेमा छनोट समितिका संयोजक नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सभापति तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, र आर्थिक पत्रकारिता पुरस्कारको वारेमा अर्थिक पत्रकारिता पुरस्कार छनोट समितिका संयोजक प्रेस स्वन्त्रता सेनानी नवराज सुवेदीले प्रकाश पारेका थिए । कार्यक्रमका अवसरमा कास्की शाखाको ३ वर्षे अवधिमा उत्कृष्ट सदस्य भई काम गरेको भन्दै नेपाल पत्रकार महासंघ कास्कीका सदस्य सन्तोष वस्याललाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव रेम विकले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।