पोखरा जेष्ठ १७,
फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा फसेकी विदेशी महिलाको सकुसल उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल नं।२४ कालिका गणको विषेश उद्धारकहरुले उनको सकुसल उद्धार गरेका थिए ।
एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार २७ वर्षकी अस्ट्रेलियन नागरिक लाउरा दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको हावाहुरीमा परी वीच तालमा अतालिएकी र उध्दारका लागि चिच्याई रहेको अवस्थामा उध्दार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए। एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।