पोखरा जेष्ठ २८,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज गण्डकी प्रदेश सभावाट विश्वासको मत प्राप्त गरेका छन् । जेष्ठ १६ गते सर्वोच्व अदालतको परमादेशवाट मुख्यमन्त्रीमा सवै भन्दा ठूलो दलको हैसियतमा नियुक्त भएका पाण्डेले १ महिना भित्रमा विश्वासको मत लिनुपर्ने थियो अर्थात पाण्डेले आषाढ १४ गते सम्म विश्वासको मत लिनुपर्ने समय सिमा थियो तर पाण्डेले समय सिमा भन्दा अगाडिनै विश्वासको मत लिएका छन् । किन पाण्डेले समय सिमा भन्दा अगाडिनै विश्वासको मत लिन चाहेका हुन् भन्ने कैतुहलता आज उनले प्रदेश सभावाट विश्वासको मत लिएपछि छर्लङ्ग भएको छ । पाण्डेलाई नेपाली काँग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजिव गुरुङ र नेकपा माओवादी केन्द्रको चुनाव चिन्हवाट चुनाव जितेका नेपाल समाजवादी पार्टिका सांसद फडिन्द्र देवकोटाको गरि ३१ मत प्राप्त भएको छ । नेकपा माओवादीको चुनाव चिन्हवाट गोरखावाट चुनाव जितेका देवकोटा नेकपा माओवादी संसदीय दलका सदस्य भएपनि उनले फ्लोर क्रस गरेर नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेलाई मत दिएका छन् । पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद राजिव गुरुङले मत दिने लगभग निस्चित जस्तै भएपनि देवकोटाले फ्लोर क्रस गर्ने ÷नगर्ने अनिस्चित थियो तर देवकोटाले फ्लोर क्रस गरेर पाण्डेलाई मत दिएपछि गण्डकीमा लामो समय देखिको अन्यौलता समाप्त भएको छ भने नेकपा एमाले र माओवादी केन्द्रको सरकार वन्ने वाटो तत्कालका लागि वन्द भएको छ ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली काँग्रेस र नेकपा एमालेलाई सरकार वनाउन राप्रपा निर्णयक थियो । राप्रपाले मत दिएको भए नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री वनेका खगराज अधिकारीले विश्वासको मत उतिवेलानै पाउथे तर राप्रपाले मत दिएन । राप्रपाले मत नदिएपछि ३१ मत चाहिनेमा ३० मत प्राप्त गरेका अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख कृष्णप्रसाद धितालले गरेका थिए । उक्त कदमलाई असंवैधानिक भन्दै सुरेन्द्रराज पाण्डे अदालत गएका थिए । अदालतले सभामुखको उक्त कदमलाई असंवैधानिक भनेपछि अधिकारी नेतृत्वको सरकार स्वत ढलेको थियो र मुख्यमन्त्रीमा पाण्डे नियुक्त भएका थिए । हाल आएर नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेलाई राप्रपाले पनि साथ दियो , मनाङवाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङले पनि पाण्डेलाई साथ दिए राप्रपा र गुरुङले मात्रै साथ दिएर पाण्डेले विश्वासको मत प्राप्त गर्ने अवस्था थिएन । पाण्डेलाई विश्वासको मत पु¥याउन डा. वावुराम भट्टराई तेतृत्वको नेपाल समाजवादी पार्टिका संसद फडिन्द्र देवकोटाको मत निर्णयक वन्यो । नेपाल समाजवादी पार्टि विभाजनमा माओवादी अध्यक्ष प्रचण्डले भूमिका खेलेको भन्दै प्रचण्डसंग रुष्ट भएका भट्टराईले गण्डकीमा प्रचण्डसंग वदला लिएको चर्चा यतिवेला गरिएको छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएपछि गण्डकी प्रदेशमा लामो समय देखिको अन्यौलता समाप्त भएको छ । यस्तै अवस्थाका विचमा नेकपा माओवादी केन्द्रले देवकोटालाई कारवाही गर्न सक्ने र त्यसपछिको अवस्था कसरी अगाडि वढ्ने हो त्यो भने हेर्न वाँकीनै छ ।