पोखरा श्रावण ५,
कास्की प्रहरीले आ.व. २०८०÷८१ मा सर्वसाधारण जनताले वचत गरेको रकम अपचलन गरि रकम फिर्ता नगर्ने ७ वटा सहकारीका २१४ सञ्चालक विरुद्ध मुद्धा दर्ता गरेको जनाएको छ । आ. व. २०८०÷०८१ मा कास्की प्रहरीले गरेका कामहरु सार्वजनिक गर्दै कास्की प्रहरी प्रमुख प्रहरि उपरिक्षक मोहन थापाले शिवशिखर वहुउदेश्यी सहकारी संस्था, ईमेज वचत तथा ऋण सहकारी संस्था, सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, वलिदानी बचत तथा ऋण सहकारी संस्था, मित्रमिलन वचत तथा ऋण सहकारी संस्था, विन्धवासिनी वचत तथा ऋण सहकारी संस्था र प्राईम बहुउदेश्यीय सहकारी संस्था गरि ७ वटा सहकारीका २१४ सञ्चालक विरुद्ध मुद्धा दर्ता गरिएको जानकारी दिए । सर्वसाधारण जनताले वचत गरेको रकम फिर्ता माग्दा आफ्नो रकम फिर्ता नभएको भन्दै ती सहकारी सञ्चालकहरु विरुद्ध वचतकर्ताहरुले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडि वढाएको थियो । ७ वटा सहकारी मध्ये शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाका ११ जना विरुद्ध मुद्धा दर्ता भएकोमा ४ जना पक्राउ भएकोमा ४ जनानै कारागार चना भएका, ईमेज सहकारीका १५ जना मध्ये ६ जना पक्राउ परेकोमा ४ जना धरौटीमा रिहा भएका र २ जना कारागार चलान भएका, सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका ४४ जना विरुद्ध मुद्धा दर्ता गरिएकोमा ५ जना धरौटीमा रिहा भएका र ३९ जना कारगार चलान भएका, त्यसै गरि वलिदानी सहकारीका १५ जना विरुद्ध मुद्धा दर्ता भएकोमा ५ जना पक्राउ परेका, २ जना धरौटीमा रिहा भएका र २ जना कारागार चलान भएका, मित्रमिलन सहकारीका ३३ जना विरुद्ध मुद्धा दर्ता भएकोमा २० जना पक्राउ परेका, १जना धरौटीमा रिहा भएका र ९ जना कारागार चलान भएका, विन्धवासीनी सहकारीका १३ जना विरुद्ध मुद्धा दर्ता भएकोमा १९ जना पक्राउ परेका, १७ जना धरौटीमा रिहा भएका र २ जना मात्रै कारगार चलान भएका , र प्राईम वहुउदेश्यीय सहकारीका ६५ जना विरुद्ध मुद्धा दर्ता भएकोमा २५ जना पक्राउ परेका १८ जना धरौटीमा रिहा भएका र ७ जना कारागार चलान भएको कास्की प्रहरीले जनाएको छ । ७ वटा सहकारीमा गरि सर्व साधारणको करिव ४ अर्व ६० करोड रकम जोखिममा परेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।