पोखरा श्रावण ५,
पोखरा १३ आर्वा स्थित श्री मोहरपानी आदर्श टोल विकाश संस्थामा निजी लगानीमा टेवल टेनिस कोर्ट निर्माण गरिएको छ । युवा समाजसेवी, व्यवसायी रबि बराल (रबि हार्डवेयर ) ले आफ्नो निजी लगानीमा कोर्ट बनाईदिएका हुन् । उक्त कोर्ट वनाउन रबि सहित स्थानिय युवा समाजसेवी मधु श्रेष्ठ, राजु सुनार सहितले सहयोग गरेका थिए । कोर्ट निर्माणमा प्राविधिक सहयोग ईञ्जिनियर प्रकाश वाग्ले ,अमिन प्रकाश सिग्देल र प्रशिक्षक दिपकराज गिरीको सहयोग रहेको छ । टेवल टेनिस कोर्ट बनाउँदा झण्डै ४० हजार रुपयाँ खर्च भएको श्री मोहरपानी आदर्श टोल विकाश संस्थाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
यसैबिच शनिवार एक कार्यक्रमको आयोजना गरी नव निर्मित टेवल टेनिस कोर्टको उद्घाटन गरिएको छ । कार्यक्रममा युवा समाजसेवी रबि बरालले आफ्नो सोंच संधै समाजसेवा गर्ने रहेको भन्दै हिजो आज तथा भोलिका दिनहरुमा पनि यस प्रकारका सहयोगहरु गर्दै जाने बताए । प्रशिक्षक दिपकराज गिरीले एक वर्ष सम्म यहाँका खेलाडीहरुलाई निशुल्क रूपमा प्रशिक्षण गराउने प्रतिवद्धता जनाए । सो अवसरमा समाजसेवी रबि बराल तथा ईञ्जिनियर प्रकाश वाग्लेले टेवल टेनिस खेलका लागि चाहिने सामग्री ब्याट जाली तथा बल हस्तान्तरण गरेका थिए ।
श्री मोहरपानी आदर्श टोल विकाश संस्थाका अध्यक्ष श्रीराम सिग्देलले यस प्रकारका निर्माण एवं सहयोगहरुले स्थानियवासीमा खेलकुद प्रतिको चासो बढाउने वताए । उनले कोर्ट निर्माण पछि विशेषगरी बालबालिकालाई खेलकूद प्रति आकर्षण थप्ने वताए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिबराज बरालले गरेका थिए ।