पोखरा श्रावण २१,
बङगलादेशका राष्ट्रपति शेख हसिनाले देश छोडेकी छन् । आईतवार पदवाट राजिनामा दिएपछि उनि बंगलादेशमा असुरक्षीत महसुस गर्दै देश छाडेको विभिन्न समाचार संस्थाहरुले जनाएका छन् । वंगलादेशमा आरक्षण र कोटा प्रणालीको विरुद्धमा भएको आन्दोलनले हिंसात्मक रुप लिएपटि राष्ट्रपति हसिना राजिनामा दिन वाद्य वनेकी छन् । करिव एक महिना अगाडि देखि वंगलादेशमा हिंसात्मक आन्दोलन चलिरहेको छ । हाल सम्म उक्त आन्दोलनमा ३०० वढिको मृत्यु भईसकेको वताईएको छ । केही दिन अगाडि त्यहाको अदालतले आरक्षण खारेज गरेको घोषाणा गरेपछि अन्दोलन केही मत्थर भएको थियो तर शनिवार देखि आन्दोलनले फेरि उग्र रुप लिएको थियो । उक्त आन्दोलन विद्यार्थीहरुले गरेको भएपनि पछि अन्य राजनितीक दलले पनि आन्दोलनलाई सर्र्थन गरेको समाचार संस्थाहरुले जनाएका छन् । आरक्षण र कोटा प्रणालीको विरुद्धमा भएको आन्दोलनलार्ई संवोधन गर्न नसक्दा प्रधानमन्त्री हसिनाको कुर्चि गुमेको छ ।
यसै विच बङ्गला देशको सेनाले त्यहाँ अन्तरिम सरकार निर्माण गर्ने वताएको विविसीले जनाएको छ । सेना प्रमुख जनरल वाकर जमानले राष्ट्रका नाममा संवोधन गर्दै अन्तरिम सरकार गठन गर्ने जनाएका छन् । वङगलादेशमा ढाका अन्तराष्ट्रिय विमानस्थल वन्द गरिएको र ईन्रनेट सेवा पनि अवरुद्ध भएको विविसीले जनाएको छ ।