पोखरा श्रावण २३
पूजी वजारको वारेमा सांसदहरुले प्रतिनिधि सभाको वैठमै कुरा उठाएपछि लगानी कर्ताहरु आक्रोसित वनेका छन् । पुँजी बजार लगानीकर्ता सम्बद्ध चारवटा संघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारका विरुद्धमा बोल्ने पूर्व अर्थमन्त्री एवम्सांसद डा.प्रकाश शरण महत, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललाई तत्काल भनाइ फिर्ता लिन र आइन्दा जथाभावि नबोल्न चेतावनी दिएका छन् ।
जिम्मेवार सांसदहरुले पुँजी बजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक रहेको बताउँदै संघहरुले आपत्ति जनाएका छन् । जनरल ईभेष्टमेन्ट एसोसिएसनका अध्यक्ष दिपक कार्की,नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे,नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानी कर्ता संघका अध्यक्ष ऋतुजंग जिसीले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तीमा ‘दुई ठूला राजनीतिक दल र अन्य दलहरु समेत मिलेर सरकार गठन पश्चात आम लगानीकर्ताहरूमा एउटा आशा पलाएको थियो त्यो हो नीतिगत स्थिरता । आर्थिक क्षेत्र चलायमान बनाउनको लागि नेपाल सरकार र राष्ट्र बैंकले सकारात्मक कदम चालेसँगै पुँजीबजार आफ्नो लयमा चलिरहेको थियो। ३२०० को बिन्दुबाट १८००को बिन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियमक निकायबाट वा सांसदहरुबाट पुँजीबजार विषयमा कुनै पनि आवाज उठेन, लगानीकर्ता तड्पिरहे । अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ । यसैबिच कसैका प्रभावमा माननीय सांसद श्री प्रकाशशरण महत, श्री अमरेशकुमार सिंह, श्री राजन दाहाल लगायत अन्य सांसदहरुबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ’ भनिएको छ । संघहरुले विज्ञप्तिमार्फत सांसदहरुले वोलेको विषयमा पूँजी बजारमा संलग्न संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘पुँजी बजार लगानीकर्ताहरुको माग र आपूर्तिको कारणले चल्ने बजार हो । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पूँजी बजार पनि बिस्तारै बढ्दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउँछन्। कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा हो । जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खालका अभिव्यक्तिहरु दिनुभएको छ उक्त अभिव्यक्तिहरु तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरु नियमक निकाय, सांसद जोसुकैले दिए पनि सैह्य नहुने कुरा चेतावनी दिन चाहन्छौं विज्ञप्तीमा उल्लेख गरिएको छ । यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रुपमा सुक्ष्म अध्यायन गरी छानबिन गरोस्, हामी साथ दिन समेत तयार छौ भन्दै तर‘पुँजी बजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्न माग गरेका छन् । नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरु माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन समेत माग गर्दछौं । साथै यस्ता अभिव्यक्ति दिने सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको विरुद्धमा एकजुट हुन र आवश्यक परे सशक्त प्रतिकार गर्नको लागि आम लगानीकर्ताहरुलाई समेत संघहरुले आव्हान गरेका छन् ।