पोखरा श्रावण २७,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ र नवलपुरी पत्रकार कमला रानामगर सम्मानित भएका छन् ।
फोनिजको २५ औं स्थापना दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमका विच पत्रकारद्वयलाई गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट र पुरस्कारदाता विमलमान गुभाजु तथा गुभाजु परिवारले फेटा, दोसल्ला, सम्मानपत्र सहित जनही नगद रु २५ हजार अर्पण गर्दै सम्मान गरेका थिए । सोही कार्यक्रमको अवसरमा तत्कालिन अनिज र हालको फोनिजकोे विकासमा स्थापनाकालदेखिनै पु¥याएको योगदानको कदर गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र बालासिंह काउछामगरलाई सम्मान गरिएको थियो । यस्तै गरि आदीवाुी जनजाती पत्रकार दिवसका अवसरमा मिस मगर नेपाल २०२३ का विजेता विनु थापामगर, फस्र्ट रनरअप दिवा पाइजा मगर, सेकेन्ड रनरअप कविता थापामगर, थर्ड रनरअप दिक्षा थापामगर र म्यूअर्स च्वाइस उमा पुनमगरलाई सम्मान अर्पण गरिएको थियो । सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको महत्वपूर्ण भूमिका रहेको वताए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सम्मानित पत्रकारहरु दिपेन्द्र श्रेष्ठ, कमला रानामगर, अधिबक्ता सुरेन्द्र थापामगर ,तमुधिं नेपालका संस्थापक अध्यक्ष कर्मा तमु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, फोनिजका संस्थापक उपाध्यक्ष बालासिंह काउछा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गण्डकीका महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।
५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका र यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेको महासचिव सुमन गुरुङले बताए । गुरुङका अनुसार हाल अक्षयकोषमा १० लाख रुपैयाँ रहेको छ । यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको फोनिजले जनाएको छ । सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ, कास्कीका हुम बहादुर गुरुङ र मुस्ताङका सुन्दरकुमार थकाली पुरस्कृत भइसकेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।