पोखरा भाद्र ३,
पोखरा महानगरपालिकाको सामाजिक विकास शाखामा कार्यरत एक कर्मचारीको सरुवाको विषयले पोखरामा यतिवेला चर्चा पाएको छ । उक्त शाखामा कार्यरत अधिकृत स्तरकी कर्मचारी चन्दावति वाग्लेले हालै काठमाण्डौ महानगरपालिकका मेयर वालेन्द्र शाहको गुणगान गाउदै तिजको गित सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको हो । पोखरा महानगरपालिकाको कमएचारी भएर काठमाण्डौका मेयरको गुणगान गाउदै गित निकाल्ने तर पोखराका मेयरले गरेका कामको चर्चा गर्न समेत नसक्ने भन्दै एकथरिले आलोचना गरेका छन् भने आफ्नो प्रतिभा पस्कन पाउनु उनको अधिकार हो भनेर समर्थन गर्नेहरु पनि छन् ।
यसै विचमा वाग्लेले आफुलार्ई महानगरपालिकाले पूर्वाग्रही रुपमा सरुवा गरेको केही सञ्चारमाद्यममा वताएपछि पोखरा महानगरपालिकाले कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पारेको छ । महानगरपालिकाले कर्मचारी सरुवाको विषयलाई लिएर वाहिर आएका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाका प्रवक्ता मोतिराज तिम्सिनाले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दैे आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले महानगरमा कार्यरत ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेका जनाएका छन् । कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया भएको र महानगरपालिका कार्यलयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार तथा टीकाटिप्पणीहरू प्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको पत्रमा जनाईएको छ ।
तिम्सिनाले कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ भनेका छन् । आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पत्रमार्फत स्पष्ट पारिएको छ । यस कार्यालयले गरेको सरुवाको वास्तविकतालाई रिदयङ्गम् गरी इन्टरनेटमा अपलोड गरिएका सामाग्रीहरूको भ्युज बढाउने मनसायले गरिएका यस प्रकारका भ्रामक प्रचार तथा टीकाटिप्पणीहरूको पछाडि नलाग्न पोखरा महानगरपालिका सवैमा अनुरोध गर्दछ तिम्सिनाद्धारा जारी पत्रमा जनाईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।