पोखराको सुर्यदर्शन सहकारी संस्था लि को समाचारको विषयलाई लिएर उक्त सहकारीका पिडितहरुले हिजो कास्की जिल्ला अदालत वाहिर समाधान पत्रिकाका केही प्रति जलाएका छन् । सहकारकिा पूर्व सचिव अनुज नकर्मी पक्राउ परेको विषयमा नकर्मी संग भएको कुराकानीलार्ई आधार वनाएर समाधान दैनिकले जिवी राईको कु कर्मको शिकार भएका अनुज भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही समाचारको विषयलाई लिएर सहकारी पिडितहरुले कास्की जिल्ला अदलतको वाहिर समाधान पत्रिका जलाएका थिए ।
पत्रिकामा प्रकाशित भएको विषयमा चित्त नवुझेमा कानूनी वाटो अवलम्वन गर्न पाईन्छ समाचार चित्त नवुझेमा समाचारको खण्डन छपाउने, प्रेस काउन्सील मा उजुरी दिने तथा आपसी सम्वादद्धारा समाधान खोज्न सकिन्छ यी उपायहरु हुँदा हूदै सहकारी पिडितहरुले पत्रिका जलाएको विषयको सवत्र विरोध भएको छ । यसै विच समाधान पत्रिका जलाएको विषयलाई लिएर नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिती, कास्की शाखा, प्रेस चौतारी कास्की, नेपाल प्रेस युनियन कास्की, फोनिज गण्डकी लगायतका पत्रकारिता संग सम्वन्धित संस्घ संस्थाहरुले प्रेस बिज्ञप्ती प्रकासित गरि विरोध गरेका छन् । पत्रिकामा प्रकाशित भएको विषयमा चित्त नवुझेमा कानूनी वाटो अवलम्वन गर्न पाईने ब्यवस्था छ । समाचार चित्त नवुझेमा प्रेस काउन्सीलमा उजुरी दिन सकिन्छ खण्डन छपाउन सकिन्छ । यसरी कानूनी उपचार खोज्ने वाटो हुँदा हँदै सो वाटो अवलम्वन नगरी पत्रिका जलाउने कार्य गर्नु खेद जनक भएको ति संस्थाहरुद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । पत्रिकामा प्रकाशित भएको विषयलाई लिएर पत्रिका जलाउनु सम्पादक रामकृष्ण ज्ञावालीको नामै लिएर धम्कीपूर्ण भाषा वोल्नु प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ कास्की शाखाका सचिव माधव वरालद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।