पोखरा भाद्र ७,
नेपाली महिलाहरुको मौलीक पर्व हरितालिका पर्व पछिल्लो समय खर्चिलो, भड्किलो तथा महङ्गो वन्दै गएको छ । यसले तिजको मौलिकताको धज्जी उडाएको मात्रै हैन तिजका मौलिक परम्परा माथि धावा वोल्ने काम गरेको छ । तिजको अवसरमा एक दिन निरहार व्रत वसी त्यसको एक दिन अगाडि दर खाने परम्पराको विपरित एक महिना भन्दा अगाडि देखि शहर वजारमा रहेका पार्टि प्यालेसहरु वुकिङ् गरेर भोज भतेर गर्ने, महङ्गा कपडा तथा गर गहना प्रदर्शन गर्ने, चर्को चर्को स्वरमा गित तथा म्यूजीक लगाएर समाजमा ध्वनी प्रदुषण फैलाउने, आफ्ना नियमित कामहरु छाडेर देखासिकीमा दर खानको लागि दिनहूँ हिड्ने जस्ता विकृति भित्रीएका छन् । विभिन्न संघ संस्था, महिला समूहका नाममा गरिने यस्ता खालका कार्यक्रमहरुले समाजमा देखासिकी गर्ने र एउटाको नक्कल अर्कोले गर्ने गर्दा सवैतिर दर खाने र खुवाउने होडवाजीनै चलेको देखिएको छ । यो क्रम पछिल्लो समय निक्कै वढेको छ । तिजमा एक दुई ठाँउमा महिलाहरु दर खानका लागि जाने कुरा स्वाभाविक भएपनि आधा दर्जन देखि १ दर्जन ठाँउमा दर खान जाने र जानुपर्ने वाद्यतामा महिलाहरु देखिएका छन् यसले समाजलाई कतातिर लगेको छ भन्ने महिलाहरुलेनै वुझ्नुपर्ने देखिएको छ ।
नेपाली माहिलाहरुको मौलिक पर्व तिजको विकृति गाँउठाँउमा भन्दा शहरवजारमा वढिनै देखिएको छ । दर खाएर आएको , तिजको दर खाने कार्यक्रममा गएर आएको भनेपछि समाजमा धाक धक्कु लगाउने र दर खान नजाने महिलाहरुलाई हिनतावोध हुने जस्तो संस्कारको विकास हुदै गएको छ । यसलाई रोक्न जरुरी भईसकेको छ । दर खान जानकै लागि तिजमा महङ्गा कपडाहरु किन्नुपर्ने वाद्यता पनि महिलाहरुलाई छ । सम्पन्न महिलाहरुलार्ई यसले केही फर नपार्ने भएपनि उही समाजमा वस्ने विपन्न महिलाहरुलाई ऋण काढेरै नयाँ र महङ्गा कपडा किन्नुपर्ने वाद्यता देखिएको छ । यसका अतिरिक्त तिजको अवसरमा निकालिएका छाडा र नेपाली संस्कार र संकृतिलाई चुनौति दिदै निकालिएका तिज गितका एल्वमहरुले समाजमा झनै विकृति ल्याएको देखिएको छ । त्यसैले समाजका अग्रीणी महिलाहरु, महिला अधिकारकर्मीहरु र राजनितीक पार्टि सम्वद्ध महिला नेतृहरुले यस्ता विकृतिजन्य कुराहरुको न्यूनीकरण गर्नका लागि पहल गर्नुपर्ने देखिन्छ । आजवाटै यस्ता कुराहरुलाई नियन्त्रण गरिएन भने यसले भविश्यमा झनै विकराल रुप नलेला भन्न सकिदैन ।
यसै विच जिल्ला प्रशासन कार्यालय कास्कीले तिजमा भड्किला र खर्चिला कार्यक्रम गरेमा कारवाही हुने जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा वहादुर क्षेत्रीले एक सूचना जारी गर्दै हरितालका तिजको अवसरमा मौलिक परम्परा विपरितका कामहरु नगर्न सचेत गराएका छन् । क्षेत्रीद्धारा जारी सूचनामा हरितालिका तिजको अवसरमा एक दिन निरहार व्रत वसी त्यसको एक दिन अगाडि दर खाने मौलिक परम्पराको विपरित तिजको मुख्य दिन आउनु भन्दा अगाडि देखिनै विभिन्न संघ संस्थाको नाममा विभिन्न होटल तथा पार्टिप्यालेसहरुमा अवेर राती सम्म तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने र ध्वनी प्रदुषण हुने गरि सांस्कृतिक कार्यक्रम गर्दा तिज पर्वको मौलिकता माथि आँच आउने, एवं बिभिन्न बिकृति र समाजिक अपराधलाई प्रोत्साहान पुग्न जाने भएकाले आफ्नो परम्परा र रितिरिभाजलाई निरन्तरता दिने तथा संवर्धन गर्ने वाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्धभावमा असर पु¥याउने खालका भड्किला कार्यक्रम तथा क्रियाकलाप नगर्न÷ नगराउन सम्पूर्ण जिल्ला वासीहरुमा अनुरोध गरिएको छ । यो सूचनाको बखिलाप हुनेगरि कही कसैले कार्यक्रम गरेमा जिल्ला प्रशासन कार्यालय कास्कीले सुक्ष्म ढंगले निगरानी गर्ने र यस्तो गरेको पाईएमा सामाजिक सुधार ऐन २०३३ तथा अन्य प्रचलित कानून अनुसार कारवाही गरिने जनाईएको छ । सामाजिक अनुशासन कायम गर्ने यस कार्यमा सहयोग गरिदिनुहुन जिल्ला प्रशासन कार्यालयले राजनितीक दल, नागरिक समाज,पेशागत संघ संस्थाहरु, महिला सञ्जालहरु, तथा सम्पूर्ण जिल्ला वासीहरुमा प्रशासनले अनुरोध गरेको छ ।