पोखरा भाद्र , ९
पोखराको सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लि.को रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अवैधानीक रुपमा लगानी गरेको आरोप लागेका नेपाल प्रहरकिा पूर्व डिआईजी छवीलाल जोशीलाई कास्की जिल्ला अदालतले ५ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ । कास्की प्रहरीको अनुरोधमा आईतवार काठमाण्डौबाट खटिएको प्रहरी टोलीले काठमा(डौ महानगरपालिका शंखमुलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएको थियो । कास्की प्रहरीले सोमवार जोशीलार्य जिल्ला अखदालत कास्कीमा पेस गरेको थियो ।
सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रा.लि. मा लगानी गरी सहकारी ऐनले परिभाषित ठगी सम्बन्धी कसूरमा जोशीलाई पक्राउ गरि मुद्धा दायर गरिएको छ ।
यसै विच गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छवीलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टिमा तरङ्ग आएको छ । गोखरो मिडिया नेटवर्कमा साझेदार रहेका रवि लामिछाने पनि पक्राउ पर्नसक्ने आशंकामा आईतवार रास्वपाको केन्द्रिय कार्यालयमा नेता कार्यकर्ताहरुको राती अवरसम्म वाक्लो उपस्थिती रहेको थियो भने जोशीलाई पोखरा ल्याएर अदालत पेस गर्ने तयारी गरिएको थाहा पाएपछि रवि लामिछानेलाई पनि पक्राउ गर्न सक्ने भन्दै रास्वपाका नेता कार्यकर्ताहरु पोखराको सहिदचोकमा वाक्लो संख्यामा उपस्थित भएका थिए । उनिहरुले सरकार विरुद्ध चर्काे नारावाजी गरेका थिए । उनिहरुले रवि लामिछानेमाथि प्रतिशोध साधिएको आरोप समेत लगाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टिका प्रदेश र जिल्ला स्तरिय नेता कार्यकर्ताहरुले रवि लामिछाने निर्देाश भएको भन्दै लामिछानेलाई पक्राउ गरिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
यता रास्वपाका नेता कार्यकर्ताहरुले विरोध गरिहरहदा सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका पिडितहरुले रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए । आफुहरुको बचत फिर्ता पाउनुपर्ने भन्दै उनिहरुले नारावाजी गरेका थिए भने रवि लामिछाने सहकारीमा संलग्न रहेको भन्दै उनलार्य गिरफ्तार गर्न उनिहरुले नारावाजी गरेका थिए । सहकारी पिडितहरुले जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि नारावाजी गरेका थिए भने रास्वपाका कार्यकर्ताहरु सहिदचोकको चौतारमा वसेर विरोध गरेका थिए । प्रहरलिे दुवै समूहलाई अलग अलग रुपमा घेरेर राखेको कारण सो ठााउमा सोमवार कुनै अपृय घट्ना भने हुन पाएन ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।