पोखरा, मंसीर १६,
मुलुकका विभिन्न जिल्लाका ४१ स्थानका लागि आज भएको उप निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । उप निर्वाचनका लागि २ लाख ३६ हजार ७९९ मतदाता रहेको मा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता निता पोखरेल द्धारा जारी विज्ञप्तीमा जनाईएको छ । उप निर्वाचनका लागि २५ वटा राजनितीक दल आयोगमा दर्ता भएको भएपनि २० वटा राजनितीक दलले उमेद्धवारी दिएका थिए । मतदानकार्य समाप्त भई मत पेटिका सुरक्षितरूपमा सङ्कलन भएपछि तत्काल मत गणना प्रारम्भ गर्न निर्देशन दिएको निर्वाचन आयोगले जनाएको छ । । एउटा मात्रै मतदान स्थलरहेका वडाको वडा अध्यक्षपदको मतगणना सम्बन्धित मतदान स्थलमानै हुने व्यवस्था मिलाइएको छ भने अन्यस्थानमा सबै मतदानस्थलबाट मतपेटिका मुख्यनिर्वाचन अधिकृत तथानिर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि मतगणना हुने आयोगले जनाएको छ ।