पोखरा मंसीर २९,
नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । प्रेस चौतारी र प्रेस युनियनको तर्फवाट उमेद्धवार वनेका वरालले प्रेस सेन्टरका राजेन्द्र अधिकारीलाई ९ भोटको मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीले ९६ मत प्राप्त गरे । उपाध्यक्षमा माधव रेग्मी ९० मत ल्याएर विजयी वने । उनका निकटतम प्रतिष्प्रर्धि समाजवादी प्रेस संगठनका श्रीराम सिग्देलले ७७ मत प्राप्त गरे । त्यसै गरि उपाध्यक्षका अर्का उमेद्धवार प्रेस युनियनकै कमल पौडेल अथकले ३५ मत प्राप्त गरे । महिला उपाध्यक्षमा प्रेस चौतारीकी कञ्चन थापा १०९ मत ल्याई विजयी हुँदा प्रेस सेन्टरकी विना कुमारी थापाले ८७ मत ल्याईन् । सचिवमा प्रेस युनियनका भुपाल गुरुङ १०२ मत ल्याएर विजयी वने भने प्रेस सेन्टरका सन्देश श्रेष्ठले ९८ मत ल्याए । खुल्ला सह सचिवमा प्रेस युनियनका मधु अधिकारी ११८ मत ल्याई विजयी हुँदा प्रेस सेन्टरका श्रीभद्र पौडेलले ८० मत प्राप्त गरे । समावेसी सह सचिवमा प्रेस युनियनका धनबहादुर गुरुङ १२६ मत ल्याई विजयी भए भने समाजवादी प्रेस संगठनका दिल प्रसाद गुरुङले ७२ मत प्राप्त गरे । कोषाध्यक्षमा प्रेस चौतारीका राजाराम पौडेल ११७ मत ल्याई विजयी भए । उनका प्रतिष्प्रर्धि प्रेस सेन्टरका सुरेश अधिकारीले ८० मत प्राप्त गरे ।
सदस्य (महिला) तर्फ कविता घर्तीमगर १०१ ल्याई विजयी वन्दा देविका तामाङ ले ९४ प्राप्त गरिन् । सदस्य (दलित) तर्फ सुरेश सुनार १४३ मत ल्याई निर्वाचित भए । सन्तोष परियार ले ५१ मत ल्याए । सदस्य (खुला) तर्फ अर्जुन सुशान्त गाहा १५१, गौरव त्रिपाठी १४३, राजु गिरी १३२, बालकुमारी पौडेल ः १२९,सन्तोष सुवेदी ः १२८, रिखिराम जि.सी. ः ११७,तुलसीराम सुवेदी ः १०७, निराजन अधिकारी १०६ ,पुष्पराज दाहाल १०४ मत ल्याई निर्वाचित भएका छन् । सदस्यका प्रतिष्प्रर्धि दीपक श्रेष्ठ ले १०३, सन्दीप पौडेल ले १०३, विष्णु गौतम ले ८८ र चिरञ्जिवी पौडेल ले ८२ मत प्राप्त गरेका छन् । राष्ट्रिय परिषद सदस्यमा आरजु सल्यानी मोहनकुमार विष्टले १२४, दिननाथ बराल ११६, कृष्णमणि बराल १०९, राजबहादुर गुरुङः १०८,र भरत कोईराला १०८ मत ल्याई निर्वाचित भएका छन्
कास्की शाखाको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानल र प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको प्यानलका विच मुख्य रुपमा प्रतिष्पर्धा भएको थियो । महासंघको कास्की शाखामा २२० मतदाता रहेकोमा २०५ जनाले मात्रै मतदान गरेका थिए । पत्रकार महासंघको कार्यकाल ३ वर्षको हुने छ ।