पोखरा पौष ५,
मंसीर २३ गते रातीको २ बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा न.३१बेगनास गैह्राघरका वेदुनाथ अधिकारीको घरमागरगहना चारी फरार रहेका ३ जना चारहरुलाई प्रहरीले पौष ४ गते पक्राउ गरेको छ । सोही दिन राती करिव २ वजेको समयमा ३ जना नकावधारी मानिसहरुले धारिलो हतियार खुकुरी देखाई वेदुनाथ अधिकारीकी श्रीमतीलाई कुटपिट तथा लछारपछार गरी उनले लगाएका सुनका गरगहना औंठी १ थान र कानमा लगाएका रिङ २ थान चोरी गरी भागेका थिए । सोे सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास गर्दै जाँदा उक्त घटनामा संलग्न तनहुँ जिल्ला रिसिंङ गा.पा. वडा नं. २ काउँशिवपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१५ रामबजार बस्ने वर्ष ३७ को मोहन भन्ने मधु सिंङ थापा मगर, बाग्लुङ जिल्ला बाङ्गादोबान गा.पा. ३ तमान स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड बस्ने वर्ष ३८ को प्रकाश थापा र रोल्पा जिल्ला थवाङ गा.पा. वडा नं. ३ स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं. ५ मालेपाटन बस्ने वर्ष ३२ को गोपाल नेपालीलाई उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी वसन्त कुमार शर्माले जानकारी दिए । उनिहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको समेत प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।