पोखरा पौष १५,
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा महानगरपालिका वडा नं २७,डाँडाको नाक , तालचोकमा यही पौष १८ गते देखि माघ १ गते सम्म लेखनाथ महोत्सव हुने भएको छ । महोत्सवको सह आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन् । मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य वैक, सह प्रायोजक सगरमाथा लुम्विनी ईन्सोसेन्स कम्पनी रहेका छन् । महोत्सवलाई सम्पन्न गर्न ९ सदस्यीय निर्देशक समिति,४० सदस्यीय सल्लाहाकार समिति, विभिन्न ४८ वटा उप समिति, र १५३ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ । महोत्सवको तयारी पुरा भएको आज महोत्सव स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
स्थानिय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्धन,लघु घरेलु तथा साना उद्योगहरुको प्रवर्धन,हस्तकलाका वस्तुहरुको वजार प्रवर्धन, विभिन्न जातकिा कला सस्कृति तथा रितिरिभाजको जर्गेना गर्न तथा आन्तरिक तथा वाह्य पर्यटनको प्रवर्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा ३३६ वटा स्टलहरु रहेको पत्रकार सम्मेलनमा वताईयो । सर्वसाधारणका लागि १०० रुपयाँ टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीहरुका लागि रु ६० कायम गरिएको छ । महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने , ९ करोडको आर्थिक कारोवार,९० लाख आम्दानी ८० लाख खर्च र १० लाख वचत हुने अनुमान आयोजकले गरेका छन् ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको उत्तर संघका अध्यक्ष विनोद श्रेष्ठले दिएका थिए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस विज्ञप्ती वाचन महासचिव जानुका पराजूली, कार्यक्रमको सञ्चालन उप महासचिव भरतराज ओझा, र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की जिल्ला अध्यक्ष माधव वराल,वडा नं २७ का अध्यक्ष श्री प्रसाद गुरुङ,सगरमाथा लुम्विनी ईन्सोरेन्सका शंकरराज तिवारीले महोत्सवको सफलताको शुभकामना दिएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।