पोखरा माघ १६,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकीको यही माघ २६ र २७ गते पोखरामा हुने प्रथम अधिवेसनका लागि आज ११ वटै जिल्लामा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ । यसै क्रममा कास्की जिल्लामा ३ वटा संघिय निर्वाचन क्षेत्रवाट ५१ जना प्रतिनिधिहरु चयन भएको कास्की जिल्ला अध्यक्ष खड्ग हमालले जानकारी दिए । हमालका अनुसार कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ वाट २३ जना २ वाट १७ जना क्षेत्र नं ३ वाट ११ जना प्रतिनिध चयन भएका छन् ।
कास्की जिल्ला संघिय निर्वाचन क्षेत्र नं १ वाट खुल्लावाट १३ जना, महिलावाट ६ जना र उत्पिडित समूदायवाट ४ जना प्रतिनिधि चयन भएका छन् । क्षेत्र नं १ वाट खुल्ला तर्फवाट मधुसुदन देवकोटा, कपिल पौडले,सुदन अधिकारी, किशोर तिमिल्सिना, होम वहादुर तामाङ,राम वहादुर रानाभाट, भिष्म जी अधिकारी, सन्तोष अधिकारी, नारायण वजगाँई, विनोद वराल, शालिकराम वराल, रितेष सापकोटा, बल वहादुर मगर निविरोध चयन भए । त्यसै गरि महिला तर्फवाट पद्मा पन्त वराल, गंगा राई, सुजना श्रेष्ठ, सुमित्रा अधिकारी, सैर्यदा खातुन, र रमादेवी कंडेल चयन भए । त्यसै गरि उत्पिडित समूदायवाट नारायण परियार, कृष्ण मान विक, सुर्य गायक र निर्मला विक चयन भएका छन् ।
त्यसै गरि कास्की क्षेत्रनं २ वाट खुल्ला तर्फ ११ जना, महिला तर्फ ३ जना र उत्पिडित तर्फवाट ३ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन भए । क्षेत्र नं २ वाट ख्याम नारायण पौडेल, बुद्धि वहादुर रानाभाट, प्रेम थापा, ओम प्रकाश सिग्देल, महेन्द्र विलाश पौडेल, गोविन्द प्रसाद वराल, वेन वहादुर गुरुङ,मिलन जंग कुँवर,आशिष पौडेल, धनेश्वर अधिकारी र भागिरथ पौडेल खुल्लावाट चयन भए त्यसरीनै महिलावाट दान कुमारी वराल,गंगा परियार र अञ्चला चौधरी चयन भएका छन् । त्यसै गरि उत्पििडित समूदायवाट बल वहादुर सुनार,टंक वहादुर विक, र शिवराज प्रतेल चयन भएका छन् ।
कास्की क्षेत्र नं ३ वाट ११ जना प्रतिनिधि मध्ये खुल्लावाट अर्जुन वहादुर केसी, महेश्वर भण्डारी, कृष्ण प्रसाद अधिकारी, सुजन पौडेल, दुर्गा सुवेदी, खगेन्द्र पराजूली, नारायण प्रसाद वास्तोला, पुष्पराज वराल चयन भए । महिला तर्फवाट विष्णु पौडेल र संगिता केसी, र उत्पििडित क्षेत्रवाट सुक वहादुर विक चयन भए । ५० जना पार्टि सदस्य वरावर १ प्रतिनिधि, ५१ भएमा २ र १०० भन्दा वढि पार्टि सदस्य भएका ठाँउवाट ३ जना प्रतिनिधि चयन हुने र ३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको थियो ।