पोखरा माघ १९,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकीको ११ औ पूर्ण वैठक कमिटीका अध्यक्ष श्रीनाथ वरालको अध्यक्षतामा आज सम्पन्न भएको छ । वैठकले यही माघ २६ र २७ गते पोखरामा सम्पन्न हुने प्रथम गण्डकी प्रदेश अधिवेसन भव्य रुपमा सम्पन्न गर्ने र अधिवेसनको उद्धघाटन समारोहमा ब्यापक मात्रामा जन सहभागिता जुटाउने निर्णय गरेको छ ।२६ गते पोखरा सभागृहमा हुने अधिवेसनको पार्टिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल लगायतका शिर्ष तहका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको सो पार्टिका गण्डकी प्रदेश अध्यक्ष समेत रहेका केन्द्रिय सचिव श्रीनाथ वरालले वताए ।
वैठकमा ११ वटै जिल्लाका अध्यक्षहरुले जिल्ला गत रिपोटिङ, पेस गरेका थिए । त्यसै गरि वैठकमा अधिवेसन सम्पन्न गर्न गठित १२ वटा उप समितिका संयोजकहरुले आफ्नो समितिले गरेका कामहरुको वारेमा रिपोटिङ गरेका थिए । कमिटीका अध्यक्ष वरालको अध्यक्ष्तामा भएको वैठकमा अध्यक्ष तथा गण्डकी प्रदेशका ईञ्चार्ज वराल, पोलिटव्यूरो सदस्य तथा गण्डकीका सह ईञ्चार्जहरु धनराज आचार्य र दिल कुमारी पन्त, नेता तथा केन्द्रिय सदस्य तुल वहादुर गुरुङ,केन्द्रिय सदस्यहरु कृष्ण नेपाली, मोति पौडेल र रामवावु अधिकारीले मन्तव्य ब्यक्त गरेका थिए । प्रदेश अधिवेसनका लागि सो पार्टिले माघ १६ गते प्रतिनिधि चयन गरिसकेको छ । प्रदेश अधिवेसनमा आयोजक र प्रतिनिधिहरु गरि
५५० जनाको सहभागिता रहने सो पार्टिले जनाएको छ ।