पोखरा माघ २४,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकीको प्रथम अधिवेसन यही माघ २६ र २७ गते पोखरा सभागृहमा हुने भएको छ । अधिवेसनको तयारीका सम्वन्धमा जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सचिव समेत रहेका प्रदेश अध्यक्ष श्रीनाथ वरालले अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । अधिवेसनको उद्धघाटन पार्टिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विहान ११.३० गर्ने कार्यक्रम रहेको र अधिवेसनको उद्धघाटन समारोहमा पार्टिका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव धनश्याम भूषाल लगायतका शिर्ष नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको वरालले वताए । साथै उद्धघाटन कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टि,राष्ट्रिय प्रजातन्त्र पार्टि, जनता समाजवादी पार्टि, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टि,नेपाल समाजवादी पार्टि,क्रान्तिकारी कम्युनिष्ट पार्टि, नेकपा बहुमत लगायतका राजनितीक दलका गण्डकी प्रदेशका अध्यक्ष एवं प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको वरालले वताए ।
वरालका अनुसारप्रदेश अधिवेसनका लागि ११ वटा जिल्ला, विभिन्न जनसंगठन र मजदुर फाँटबाट ४०० प्रतिनिधि चयन भईसकेका प्रतिनिधि र आयोजक गरि अधिवेसनमा ५५० जनाको सहभागिता रहने छ । अधिवेसनले अध्यक्ष, उपाध्यक्ष २, सचिव र ३ उपसचिव रहेको पदाधिकारी सहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटि निर्वाचित गर्ने र कमिटीको कार्यकाल ४ वर्षको हुने वरालले वताए ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर अध्यक्ष वराल, पोलिट व्यूरो सदस्य दिल कुमारी पन्त र केन्द्रिय सदस्य तुल वहादुर गुरुङले दिएका थिए ।कार्यक्रममा वोल्दै अध्यक्ष वरालले नेकपा एकिकृत समाजवादी पार्टिमा जनताको आकर्षण रहेको र विभिन्न पार्टिहरुवाट एकिकृत समाजवादीमा मानिसहरु प्रवेश गरिरहेको वताए । जुन सुकै पार्टिमा पनि मानिसहरु आउने जाने क्रम चलिरहने वताए । पोलिटव्यूरो सदस्य तथा गण्डकीका सह ईञ्चार्ज दिल कुमारी पन्तले संविधानको रक्षाका लागि आफुहरुले एमालेवाट विद्रोह गरेको वताउदै नेकपा एकिकृत समाजवादीमा युवा विद्यार्थीहरुको आकर्षण रहेको वताईन् । केन्द्रिय सदस्य तथा अमेरिका र क्यानडाका ईञ्चार्ज तुल वहादुर गुरुङले मधेश प्रदेश र सुदुर पश्चिममा अन्य पार्टिहरुवाट ठूलो संख्यामा आफ्नो पार्टिमा मानिसहरु प्रवेश गरेको वताए । पार्टिमा पहिरो गएको छ भन्ने पत्रकारको प्रश्नको उत्तर दिदै गुरुङले आफ्नो पार्टिमा त्यस्तो नभएको भन्दै एउटा पार्टि परित्याग गरेर अर्को पार्टिमा जाने क्रम ठूला भनिएका पार्टिहरुमा पनि देखिएको वताए । कार्यक्रममा सो पार्टिका गण्डकी प्रदेशका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नबराज सुवेदीले स्वागत र कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य कृष्ण नेपालीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।