पोखरा
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बराल र सोही क्षेत्र (१)का प्रदेश सभा सदस्य पदका उमेद्धवार विश्व प्रकाश लामिछाने बिहीबार पोखरा ३३मा घरदैलो कार्यक्रममा सहभागि भए । घरदैलो कार्यक्रमका क्रममा गठवन्धनको तर्फवाट प्रतिनिधि सभाका उमेद्धवार श्रीनाथ वरालले स्थानीय वासीन्दाहरु संग सो क्षेत्रको विकास निर्माण तगायत जनताका समस्या समाधानमा प्रतिवद्ध भएर लाग्ने विश्वास दिलाएका थिए ।
घर दैलो अगाडि पोखरा ३३ को पुडिटारमा गठवन्धनको तर्फवाट आयोजित चुनावी सभालाई संवोधन गर्दै वरालले यस अगाडि पटक–पटक एमाले उम्मेदवार जिताउनका लागि आफै नेतृत्व गरेर जनतासंग मत मागेको तर मत पाएकाहरुले जनअपेक्षा अनुरुप काम नगरेको बताए । त्यहि भएर एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाउनु परेको वताए । आफुले विगतमा आफ्नै नेतृत्वमा एमाले उम्मेदवारका लागि पटक पटक मत मागेको वताउदैै तर, एमालेवाट निर्वाचित भएकाहरुले यहाँका जनताको अपेक्षा अनुरुप नसकेकाले, जनताको जीवनस्तर माथि उकास्न नसकेकाले अहिले एमालेबाट विद्रोह गरेर ५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट साझा उम्मेदवारको रुपमा आफु खडा भएको वरालले वताए । आफुले जनताको अपेक्षा अनुसारका काम गर्ने प्रतिवद्धता जनाए । आफु गठवन्धनको मात्रै उमेद्धवार नभएर इमान्दार एमालेका नेता कार्यकर्ताको पनि उमेद्धवार भएको वताएका थिए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरु प्रतिवद्धता जनाउने तर काम नगर्ने खालको उम्मेदवार नभएको बताए । विगतमा प्रतिवद्धता जनाउने तर काम नगर्ने अनि गफ मात्र दिने प्रवृत्ति देखियो । आफुहरुवाट त्यस्तो नहुने लामिछानेले वताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता देवराज चालिसेले गफ दिनेलाई होइन काम गर्नेलाई जनताले चिन्नुपर्ने बताए । नेकपा एमालेको नेतृत्वको सरकारले ठूलठूला भ्रष्टाचारका काण्ड मच्याएको आरोप चालिसेले लगाए ।