पोखरा,
५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा क्षेत्र नं २ का उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर उद्यमी वन्र्ने वातावरण बनाउने बताएका छन् ।
पोखरा २० लामडाँडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । आफूहरु विकासका लागि प्रतिवद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको मुख्य खानेपानीको समस्या हल गरेरै छाड्ने प्रतिवद्धता जनाए । वडा नम्बर २० को लामडाँडा र अन्य क्षेत्र पशुपालन, कफि र कृषि भूमि रहेकाले सबैक्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरुलाई गाउँमै फर्केर गरिखाने वातावरण वनाईने वताए । ‘कम्युनिष्ट र कांग्रेस महत्वपूर्ण घडीमा मिलेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र पनि कांग्रेस र कम्युनिष्ट मिलेर ल्याएका हौं’ संघिय लोकतान्त्रीक गणतन्त्र लार्य संस्थागत गर्ने पनि काँग्रेस र कम्युनिष्टलेनै हो वरालले भने ।
सो अवसरमा गठवन्धनको तर्फवाट कास्की क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् ।
उनले गौरवको सडक आफुले वडा २० मा मणिपाल अस्पताल हुँदै अर्मलाकोटसम्म पुग्ने १७ किलोमिटर सडक २७ करोड २७ लाख ठेक्कामा परी अहिले पिच बन्ने काम भइराखेको सुनाए ।

यता आइतबार विहान पोखरा २१ दम्सादीमा ओयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्र्दै नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने स्पष्ट भिजनका साथ विकास गर्नका लागि आफू उम्मेदवार भएर जनताको माझमा आएको बताएका छन् ।
उम्मेदवार लामिछानेले विगतमा यहाँबाट नेतृत्व गर्नेहरुले जनताको एजेण्डामा चासो नदिएको कारण राम्रो बिकास हुन नसकेको दाबी गरे । आफ्नो विगतलाई हेर्न आग्रह गर्दै उनले आफू जे बोल्यो त्यहि गर्ने भन्दै गठबन्धनमा विश्वास गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका कास्कीका उपाध्यक्ष झपिन्द्र राज रेग्मीले एमालेमा नीति विचार सिद्धान्त केही पनि नभएकाले आफूहरुले विद्रोह गरेर गठबन्धन भएको बताए । कांगे्रेस प्रदेश महाधिवेशन प्रतिनिधि रघु पराजुलीले सिचाइ लागि पानीको समस्या रहेको जानकारी दिए । प्रतिगमनको बिरुद्ध गठबन्धन भएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रचारप्रसार संयोक केशर निर्देशी, स्थानीय युवराज आचार्य र नेपाली काँग्रेस २१ का अध्यक्ष केवल गिरी लगायतले उक्त स्थानका आवश्यकता र अवस्थाका बारेमा बोलेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।