पोखरा,
पोखराको नयाँ गाउँस्थित ’ग्लो संस्था’ मा सिलाई कटाईको तालिम लिइरहेका २० जना महिला लाई संस्थाले सिलाई मेसिन वितरण गरेको छ ।
पोखरा महानगरपालिका –१५ नयाँ गाउँ स्थित उक्त संस्थामा विगत ४ महिनादेखि निःशुल्क सिलाई कटाईको तालिम लिइहेका २० जना गरिब तथा विपन्न महिलालाई संस्थाले आईतवार निःशुल्क सिलाई मेसिन वितरण गरेको हो ।

निःशुल्क मेसिन वितरण कार्यक्रममा मेसिन प्रदान गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले आफूहरू निर्वाचित भएर आए लगत्तै ग्लो संस्थासँग सहकार्य गरेको र निर्वाचनका बेला वडावासीसँग वाचा गरे अनुरूप वडामा महिला उद्यमशीलता र युवा स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाउँदै लगिएको बताए । उनले ’ग्लो संस्था’ले समाजमा रहेका असहाय, अपाङ्ग, गरिब तथा विपन्न वर्ग र समस्यामा परेकाहरूको उत्थानका लागि निःशुल्क शैक्षिक सामाग्री वितरण लगायत हरेक क्रियाकलापमा सहयोग गर्दै आइरहेको प्रति संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य रहने बताए । सो अवसरमा
संस्थाकी संस्थापक सिता पौडेलले सिकेको सीपलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरूलाई सुझाव दिइन् ।
वडा सदस्य बलराम पौडेलले सहभागी महिला दिदी बहिनीहरूलाई प्रदान गरिएको सिलाई मेसिन मेसिन मात्र नभएर जीवन रूपान्तरण गर्ने साधन भएकाले यसको जतनसँग उपयोग गर्न आग्रह गरे।
यस्तै, संस्थाका निर्देशक आगमन राज पौडेलले उपलब्ध गराइएको मेसिन आफ्नै खुट्टामा उभिन र आफै श्रम गरेर जिउनका लागि औजारको रूपमा रहेको बताए ।
वडा नं –१५ को सिफारिस तथा समन्वयमा वडावासी २० जना गरिब तथा विपन्न महिलालाई उक्त संस्थामा निशुल्क सिलाई कटाई तालिमका दिइएको थियो।
संस्थाले तालिममा सहभागी सबैलाई ३ लाख बराबरको उषा कम्पनीको सिलाई मेसिन र मेसिन राख्ने स्ट्यान्ड वितरण गरेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।