पोखरा, कार्तिक २५
पोखराको पालिखेचोकमा रहेको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन शुक्रवार एकदिने विज्ञान प्रदर्शनी आयोजना ग¥यो । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका थिए । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए ।
विद्यार्थीहरुमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको विद्यालयका निर्देशक किरण सापकोटाले जानकारी दिए । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएको बिद्यालयले जनाएको छ । ६२ समुहले विज्ञानका ती सामाग्री प्रर्दशनीमा राखेका थिए ।
दसैं–तिहारको लामो बिदामा गृहकार्य मात्र नदिएर विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन प्रोत्साहन गरेको बताए निर्देशक सापकोटाले वताए ।
प्रदर्शनीको गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले उद्घाटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव साट्दै कुलपति गुरुङले विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लगाउनुपर्नेमा जोड दिए । प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता प्रदर्शनीले विद्यार्थीलाई नयाँ कुरा सिक्ने अवसर दिलाउने बताए ।