पोखरा, कार्तिक २५
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको गठवन्धनका कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उमेद्धवार श्रीनाथ वराल र प्रदेश सभा १ का उमेद्धवार विश्वप्रकाश लामिछानेले शुक्रवार पोखरा १७ मा घरदैलो गर्दै जनतासंग मत मागेका छन् । घर दैलोका क्रममा मतदाताहरुले बिकास निर्माण, मढ्दो महङ्गी, शिक्षा र स्वास्थ्यमा भएको असमानता, सुकुम्वासी समस्या लयायतका विषयमा भोग्नु परेका समस्या राखेका थिए ।
घरदैलो पछि भएको चुनावी सभामा गठवन्धनका उमेद्धवारहरुले मतदाताका जिज्ञासा मेटाउदै जनताको पक्षमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । सो अवसरमा प्रतिनिधी सभा सदस्यका उमेद्धवार श्रीनाथ बरालले भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बसोबासीको समस्या समाधानगर्ने वताए । गठबन्धनको सरकारको पालामा नै कास्कीका धेरै ठाँउमा भूमीहिन सुकुम्वासीहरुले भूमीको निस्सा पार्ईसकेको र अव लालपूर्जा पाउने क्रममा रहेको वताउदै आफु निर्वाचित भएपछि पनि त्यो कामलाई निरन्तरता दिने उनले बताए । वडाभित्र रहेको पातले छागों, गुप्तेश्वर गुफा, ड्याम साईड, गुम्बा लगायत पर्यटन क्षेत्रको संरक्षण तथा विकासमा लागि पर्ने वरालले वताए । शिक्षा , स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताका कुराहरु निशुल्क गर्नुपर्छ भन्ने मान्यतामा आफुहरु रहेको वताउदै त्यसका लागि आफुले पहल गर्ने वरालले वताए ।
गठबन्धनबाट कास्की २ (१) का उम्मेदवार विश्व प्रकाश लामिछानेले निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने वताए । गठवन्धनका उमेद्धवारको पक्षमा मत माग्दै लामिछानेले गठवन्धनले नै मुलुकमा राजनितीक स्थिरता दिने र बिकास निर्माणको अनुभूती जनतालाई प्रदान गर्ने वताए । हिजो गणतन्त्र ल्याउन अगुवाई गरेका आफुहरु अव विकासको अभियानको अगुवाई गर्ने वताएका थिए ।