पोखरा, कार्तिक २५
गण्डकी प्रदेशमा हालै सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई आज सम्मान गरिएको हो ।
स्वर्ण पदकविजेता ३५ जना, रजत पदक विजेता ३२ जना र कांस्य पदक विजेता ८५ जना खेलाडीहरूलाई महानगरपालिकाले सम्मान गरेको हो । उनीहरूलाई क्रमशःनगद रु.१५ हजार, रु.१० हजार र रु.५ हजार सहित सम्मान पत्रप्रदान गरिएको छ । यस्तै ३६ जना टिम म्यानेजर र ४० जनाप्रशक्षिकहरुलाई समेत सम्मान गरिएको छ । यसअघि पहिलो चरणमा ३९ जना खेलाडी तथा प्रशिक्षकहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उप प्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीना, पोखरा महानगरपालिका नेपालीकाँग्रेस संसदीयदलका नेता दिवसमान प्रधानाङ्ग लगायतले सम्मान प्रदान गरेका थिए ।
। सो अवसरमा प्रमुख आचार्यले खेलाडीहरूलाई प्रदान गरिएको रकम सानो भएपनि खेलाडीहरूको हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गरे । खेलाडीहरूको खेल जीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले वताए ।
अंङ्ग्रेजी नयाँवर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागिएको टुर दि पोखरा कार्यक्रमका समय पारेर आगामी पौष ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता २०७९ गरिने समेत सो अवसरमा प्रमुख आचार्यले जानकारी दिए ।