पोखरा कार्तिक २६,
कास्की क्षेत्र नं २ मा गठवन्धनका उमेद्धवारहरु शनिवार पनि जनताका घर दैलोमा मत माग्दै हिडेका छन् । प्रतिनिधि सभा सदस्यका उमेद्धवार श्रीनाथ वराल र प्रदेश सभा सदस्य १ का उमेद्धवार बिश्वप्रकाश लामिछाने पोखरा १७ मा घरदैलोमा थिए भने प्रदेश सभा २ का उमेद्धवार विन्दु कुमार थापा वडा नं ११ मा घरदैलोमा थिए । घर दैलोका क्रममा उमेद्धवारहरुले स्थानिय आवश्यकतामा केन्द्रित हुने आश्वासन जनतालाई दिएका छन् । घरदैलोका क्रममा उमेद्धवारहरुले क्षेत्र नं २ का ग्रामीण वस्तीहरुमा कृषि, पशुपालन, फलफुल खेती, तरकारी खेतीको व्यवसायीकरणका लागि आफुहरुले वातावरण मिलाउने वताएका छन् । भने सुकुम्वासी वस्तीमा पुगेर भूमिहिन सुकुम्वासीहरुलाई जगगा दिलाईदिने आश्वासन दिएका छन् । अन्यत्र शिक्षा, स्वास्थ्य तथा जनजिवीकका सवालमा आफुहरुले सरकारी तवरवाट हुन सक्ने सम्मको सहुलियत प्रदान गर्ने वताए । कास्की क्षेत्र नं २ अन्र्तगत वडा नं ३३,१७,२०,१६,२१ जस्ता ठूला वडामा घर दैलो सकेका उमेद्धवारहरु आईतवार वडा नं ११मा घर दैलो गर्ने वताएका छन् । मंसीर १ गते राती १२ वजे देखि मौन अवधि सुरु हुने भएकाले अव उमेद्धवारहरुलाई प्रचार प्रसारका लागि ५ दिन मात्रै वाँकी रहेको छ । यसै हिसावले पनि उमेद्धवारहरु घर दैलो तथा मानिसहरुको वढि जमघट हुने ठाँउमा गएर मतदाता रिझाउने प्रयत्नमा रहेका देखिन्छन् यसै क्रममा कास्की २ का प्रतिनिधिसभामा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले गठबन्धनका सवै जना एकै ठाउँमा उभिएर जनताको सेवामा खटिने बताए । गठवन्धनका उमेद्धवारहरुलाई जिताएर पठाएमा स्थानिय तह देखि प्रदेश र केन्द्र सवै ठाँउमा गठवन्धनका जनप्रतिनिधि हुने भएकाले बिकास , रोजगारी, उद्यमशिलता लगायतका कुराहरुमा जनतालाई अनुभूति हुने हिसावले आफुहरुले काम गर्ने प्रतिवद्धता दोहो¥याएका छन् ।
कास्की २ का प्रदेश सभा २ का उम्मेदवार तथा काँग्रेस नेता विन्दुकुमार थापाले मतदाताहरुसंग विकासका लागि पनि गठबन्धनलाई भोट दिन आग्रह गरे । गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामका लागि मत दिन थापाले आग्रह गरे ।
यसै गरि गठवन्धनको तर्फवाट कास्की २ को १ का साझा उम्मेदवार माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले आर्थिक सामाजिक परिवर्तन अहिलेको आवश्यकता रहेको बताए । संघियता बचाउनको लागि बाम लोकतान्त्रिक गठबन्धन एकै ठाउँमा उभिएकाले विकासमा पनि एक भएर लाग्ने भएकाले गठवन्धनका उमेद्धवारहरुलार्ई मत दिन अनुरोध गर्दै लामिछानेले जनतालाई आश्वस्त पार्न खोजेका थिए ।