पोखरा कार्तिक २८

जिल्ला प्रहरी कार्यलय कास्कीको टोलीले नक्कली सूनका गर गहना धितोमा राखी वैकवाट रकम निकाल्ने एक जनालार्ई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं.३ स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं.१८सराङकोट बस्ने २५ वर्षका अभिसेक सुनार रहेका छन् । प्रहरीका अनुसार उनले विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गरगहनाहरू धितोमा राखी पोखरा म.न.पा. वडा नं.१७ बिरौटामा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडवाट रु.१६,६०,०००।– र सोही वैकको पृथ्वीचोक शाखावाट रु.७,४५,०००।– गरी जम्मा रु.२४,०५,०००।– (अक्षरुपी चौबीस लाख पाँच हजार रुपैयाँ मात्र) कर्जा लिएका थिए । उक्त कर्जा लिएको लामो समय सम्म सावा व्याज पनि नतिर्ने तथा सम्पर्कमा पनि नआएपछि शंका लागि उनले धितोमा राखेको गरगहना चेक गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए । अनुसन्धानको क्रममा सुनारले धितोमा राखेका गरगहनाहरू नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचको लागि पठाइएकोमा उक्त गरगहना नक्कली सुनबाट तयार गरिएको भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको समेत प्रहरीले जनाएको छ । सुनारलार्ई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी तिवारीले वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।