पोखरा कार्तिक २९, सरकारले आम निर्वाचनको सन्दर्भमा दुई दिन विदा दिने निर्णय गरेको छ । मंसीर ४ गते निर्वाचनको दिन र त्यसको भोलीपल्ट अर्थाथ मंसीर ५ गते सरकारले विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रबक्त फडिन्द्र मणि पोखरेलले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । बिद्यालयहरुलाई भने मंसीर २ गते देदि ५ गते सम्म ४ दिन विदा दिईने सूचनामा जनाईएको छ । यस अघि स्थानिय निर्वाचनको समयमा सरकारले एक दिन मात्रै विदा दिएको थियो । निर्वाचन आयोगले भने ३ दिन विदा दिन सरकार समक्ष सिफारिस गरेको थियो तर सरकारले २ दिन मात्रै विदा दिएको छ ।