पोखरा, मंसीर ४,
आज विहान ७.०० वजे देखि देशै भर मतदान सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि मतदाताहरु लामवद्ध भएर मतदान गरिरहेका छन् । आजको मतदानमा विहान मतदाताहरुको सहभागिता भने न्यून रहेको पाईएको छ । बिहान १०.०० वजे सम्म हामी कास्की क्षेत्र नं २ र ३ का केही मतदान केन्द्रहरुमा पुग्दा ती मतदान केन्द्रहरुमा मतदाताहरुको सहभागिता न्यूननै देखिन्थे । पोखरा महानगरपालिका वडा नं ८ को श्रीराम आधारभूत विद्यालय मतदान केन्द्र, जनपृय मावि मतदान केन्द्र , वडा नं ७ वडा कार्यालयमा रहेको मतदान केन्द्र, पोखरा १७मा रहेको छोरेपाटन मावि मतदान केन्द्र र पोखरा ६ मा रहेको तालवाराही मावि मतदान केन्द्रमा मतदाताहरुको सहभागिता न्यूननै देखिन्थे पोखरा १७ मा रहेको पार्दी मावि मतदान केन्द्रमा भने मतदाताहरुको सहभागिता अन्य केन्द्रहरुमा भन्दा वढि देखिएको थियो । चिसो मौषम भएका कारण पनि विहानको समयमा मतदाताहरुको उपस्थिती न्यून रहेको र दिउसो सहभागिता वढ्ने देखिएको छ ।