पोखरा मंसीर ४
कास्कीमा मतदान सम्पन्न भएको छ । निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीमा ५८ देखि ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको वताए । मत पेटिका आउने क्रम जारी रहेको समेत उनले वताए । गत वैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा कास्कीमा ६७ प्रतिशत मतदान भएको थियो । आज विहानदेखिनै मतदान स्थलहरुमा मतदाताहरुको सहभागिता उत्साहजनक थिएन । दिउसोको समयमा मतदाताहरु केही वढेको भएपनि कतिपय मतदान स्थलमा रहेका मतदान केन्द्रहरु खाली जस्तै देखिएका थिए । निर्वाचन प्रति जनताको उत्साह कम हुनुलाई राजनिती प्रति बितृष्णा वढ्नु र राजनितीक पार्टि जसलाई मतदान गरेपनि के भयो र भन्ने भावना मतदाताहरुमा प्रकट भएको पाईएको छ । कम प्रतिशत मत खस्दा मत परिणम फरक निस्कने सक्ने पनि कतिपयले वताएका छन् । कास्कीका १५० मतदान स्थलका ३४४ मतदान केन्द्रमा मतदान भएको न्यौपानेले वताए । हाल मतपेटिका संकलन भईरहेको र सर्वदलीय वैठक पछि मतगणनाको समय निर्धारण गरिने वताईएको छ ।