कास्की क्षेत्र नं २ को मतगणना जारी रहेको छ । कास्की २ को प्रतिनिधि सभा तर्फको अहिले बिहान ९.२० वजे सम्म १००० मत परिणम सार्वजनिक गरिएको छ । सार्वैजनिक गरिएको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टिका माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले ३०७ मत प्राप्त गर्दा नेकपा एमालेकी विद्या भट्टराइृले २८४, गठवन्धनको तर्फवाट उमेद्धवार वनेका नेकपा एकिकृत समाजवादीका श्रीनाथ वरालले २२६ मत प्रप्त गरेका छन् । त्यसै गरि प्रदेश सभा १ तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टिका विजय भण्डारीले अग्रता कायम गरेका छन् । भण्डारीले ३०७ मत प्रप्त गरेका छन् । उक्त क्षेमा नेकपा एमालेका भिम कार्कीले २९९ र गठवन्धनको तर्फवाट उमेद्धवार वनेका विश्वप्रकाश लामिछानेले १८२ मत प्रप्त गरेका छन् ।
कास्की क्षेत्र नं २मा ७९हजार १सय ३८ मतदाता रहेकोमा ४५ हजार ५ सय ९६ मत खसेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।