पोखरा, मंसीर ६,
कास्की जिल्लाका प्रतिनिधि सभाका ३ वटा निर्वाचन क्षेत्रको मतगणना भईरहेको छ । हाल सम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार क्षेत्र नं १ र ३ मा एमाले र २ मा राष्ट्रिय स्वतन्त्र पार्टि अगाडि रहेका छन् । प्रदेश सभा तर्फ भने तिन वटा क्षेत्रमा एमाले अगाडि रहेको छ ।
कास्की षेत्र नं १ मा एमालेका मन वहादुर गुरुले ४२७९ मतका साथ अग्रता कायम गरेका छन् । सो क्षेत्रमा नेपाली काँग्रेसका किशोरदत्त वरालले ३२८७ मत प्रप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका राजु राईले ३६२ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका माधव प्रसाद कँडेलले अग्रता जारी राखेका छन् । उनले ३५४७ मत प्राप्त गर्दा नेकपा एमालेकी विद्या भट्टराइृले ३३९८ र नेकपा एकिकृत समाजवादीका श्रीनाथ वरालले १९७४ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा नेकपा एमालेका दामोदर वैरागी ४८५१ मतका साथ अगाडि छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टिाका योगराज पौडेललाई ४४४ मतले उछिनेका छन् । पौडेलले ४४०७ मत प्राप्त गरेका छन् र नेकपा माओवादी केन्द्रका रामजी वरालले ३२०७ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा तर्फ भने मत गणना भएका सवै क्षेत्रमा एमाले अगाडि देखिएको छ । कास्की १ को २ मा नेकपा एमालेका वेद वहादुर गुरुङले ४३९९, नेपाली काँग्रेसका दिपक गुरुङले ३४७० र राप्रपाका महेन्द्र कार्कीले २७७ मत प्राप्त गरेका छन् । २ को १मा नेकपा एमालेका भिम कार्कीले ३८३४, राप्रपाका विजय बहादुर भण्डारीले ३७४७, र नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले २१०८ मत प्राप्त गरेका छन् । कास्की ३ को १ मा नेकपा एमालेका गणेशमान गुरुङले ६१८१, नेकपा माओवादी केन्द्रका दुर्गदत्त भण्डारीले ३५४७ र राप्रपाका केदारनाथ पौडेलले २३११ मत प्राप्त गरेका छन् । कास्कीका ३ वटै प्रतिनिधि सभाका क्षेत्रहरुमा नेकपा एमालेले आफ्नो मतान्तरलाई घटाउदै लगेको छ । १ र ३ मा अग्र स्थानमा उक्लिएको एमाले क्षेत्र नं २ मा पनि मतान्तरलाई घटाउदै लगेको छ । प्रदेश सभा तर्फ भने कास्की १ को १, २ को २ र ३ को २ मा मतगणना भएको छैन ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।