कास्की क्षेत्र नं ३ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका प्रकाश वराल विजयी भएका छन् । वरालले नेकपा एमालेका युवा नेता राजिव पाहारीलाई झिनो मतले पराजित गरेका छन् । वरालले १२३६७ मत ल्याउदा पाहारीले ११९०२ मत ल्याए । राप्रपाका हरिराम भण्डारी २५६० मत ल्याएर तेस्रोे भएका छन् । मत गण्नाको सुरुदेखिनै अगाडि रहेका पाहारी वरालको वडा नं २२ मा आएपछि पछाडि परेका थिए । वरालका लागि आफ्नो घर रहेको वडा नं २२ नै विजयको वलियो आधार वनेको थियो । पहारी निवर्तमान गण्डकी प्रदेश सभा सदस्य हुन् ।