पोखरा मंसीर ११,
पोखराबाट प्रशारण भईरहेकोे एभरेस्ट एफएमले आफ्नो दोस्रो वार्षिकोत्सव शनिवार सम्पन्न गरेको छ । । पोखरा २५ हेम्जा स्थित बाबियातरामा संचालित मानव सेवा आश्रम परिषरमा मनाईएको वार्षिकोत्सव कार्यक्रममा शुभकामना आदान प्रदान, कर्मचारी सम्मान लगायतका कार्यक्रम गरिएको थियो । एफएमले दोस्रो वार्षिकोत्सवका अवसरमा मानव सेवा आश्रमका लागि एउटा कोठा निर्माण गरिदिने घोषण गरेको छ । एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने सो अवसरमा घोषण गरिएको थियो । एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा पाँचलाख रकम मध्ये पहिलो किस्ता स्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । एफएमकी अध्यक्ष कर्म कुमारी गुरुङले मानव सेवाआश्रमका पोखरा प्रमुख होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गरेकी थिईन् । यसअघि एफएम सञ्चालन शुभारम्भको अवसरमा २०७७ सालमापनि रेडियोले मानव सेवाआश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँप्रदान गरेको जनाएको छ ।
एफएमले दोश्रो वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम पनि गरेको छ । कार्यक्रममा एफएमका प्राविधिक प्रमुख पञ्चसुबा गुरुङ (दीलु) बेष्ट स्टाफ अफदी ईयर घोषित भए । उनलाई नगद रकम १५ हजार ६ सय ७५ रुपैयाँसहित दोषल्ला, माला र सम्मानपत्रले सम्मानित गरिएको थियो । एफएमका अध्यक्ष कर्म कुमारी गुरुङ, प्रमोटर दीपक कार्की, प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठ, टेक्निकल डाइरेक्टर रविभुषण पराजुली, समाचार प्रमुख सन्देश श्रेष्ठ, जुना थापा लगायतले नगद रु १५ हजार ६ सय ७५ सहित दोसल्ला, ताम्रपत्र र दोषल्लाओढाएर गुरुङलाई सम्मान गरेका थिए । एभरेस्ट मिडिया हाउसले एम.एम.संगै एभरेस्ट आवाज डटकम नामक अनलाइन न्यूजपोर्टल पनि संचालनमागर्दै आएको छ ।