पोखरा मंसीर १८,
यही मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेश सभामा प्रत्यक्ष तर्फ ३६ सिट रहेको छ । ६० सदस्यीय प्रदेश सभामा ४० प्रतिशत अर्थात २४ जना समानूपातिक मतको आधारमा निर्वाचित हुने व्यवस्था रहेको छ । प्रत्यक्ष तर्फको ३६ सिटमा नेपाली काँग्रेस एक्लैले आधा अर्थात १८ सिट जितेको छ । २०७४ सालमा प्रत्यक्ष तर्फ १७ सिट जितेको नेकपा एमालेले यस पटक १२ सिटमा खुम्चिएको छ भने नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टिको १ सहित गरेर ५ प्रदेश सभा सदस्य जितेको छ । स्वतन्त्र रुपमा राजिव गुरुङले मना«वाट प्रदेश सभा सदस्यमा चुनाव जितेका छन् । नेपाली काँग्रेसवाट गण्डकी प्रदेशको प्रदेश सभा सदस्यमा गोरखावाट नन्द प्रसाद नेउपाने र सुरेन्द्र पाण्डे ,मनाङवाट मुनिन्द्र जंग गुरुङ,लमजुङवाट टकराज गुरुङ र भेष वहादुर पौडेल, कास्की वाट विन्दु कुमार थापा र प्रकाश वराल, तनहूवाट अशोक कुमार श्रेष्ठ, र जित प्रकाश आले स्याङ्जावाट भोजराज अर्याल र महेश भट्टराई, नवलपरासी पूर्ववाट महेन्द्रध्वज जिसी, मुस्ताङवाट नम्दु गुरुङ र विकल शेरचन,वाग्लुङवाट दिपेन्द्र वहादुर थापा, डिल्लीराम सुवेदी, दोर्ण कुमार कुँवर र जित वहादुर शेरचन निर्वाचित भएका छन् । त्यसै गरि नेकपा एमालेवाट कास्कीवाट खगराज अधिकारी, वेद वहादुर गुरुङ,भिम वहादुर कार्की र गणेश गुरुङ, पर्वतवाट भक्त कँुवर र मित्रलाल वस्याल, स्याङ्जावाट सुधिर कुमार पौडेल र सिता सुन्दास,नवलपरासी पूर्ववाट रोशन गाहा, लक्ष्मण वहादुर पाण्डे र पद्मा जिसी, र तनहूवाट श्यामराजा महत निर्वचित भएका छन् । नेकपा माओवादी केन्द्रवाट गोरखावाट कृष्ण प्रसाद धिताल र माओवादीकै चुनाव चिन्हमा चुनाव लडेका नेपाल समाजवादी पार्टिवाट फडिन्द्र देवकोटा,तनहूँवाट हरि वहादुर चुमान, र म्याग्दीवाट हरि वहादुर भण्डारी र रेशम बहादुर जुग्जाली निर्वाचित भएका छन् । मनाङवाट राजिव गुरुङ स्वतन्त्र रुपमा निर्वाचित भएका छन् ।