नवराज सुवेदी
अहिले पनि नेपालमा बामपन्थी समर्थन ५० प्रतिशत भन्दा वढि छ । त्यो कुराको पुष्टि भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनले गरेको छ । बामपन्थी पार्टिहरु बिभाजित भएको अवस्था तथा बामपन्थी पार्टिहरुले नेपाली काँग्रेस संग गठवन्धन गरेको कारण झण्डै ६५ देखि ७० प्रतिशत समर्थन रहेको बाम जनमत ५० प्रतिशतमा झरेको मात्रै हो । २०७४ सालको निर्वाचनमा वामपन्थी पार्टिहरु नेकपा एमाले , माओवादी केन्द्र र जनमोर्चा मात्रै मिलेर चुनाव लड्दा पनि झण्डै दुई तिहाई मत बामपन्थी पार्टिहरुलाई जनताले दिएका थिए । तर विडम्वना बामपन्थी पार्टिका नेताहरुको संकिृर्ण सोच, ब्यक्तिवादी चिन्तन तथा गुटवन्दीमा रमाउने प्रवृतिले गर्दा नेपालमा एकिकृत हुन पुगेको बामपन्थी आन्दोलन ३ वर्ष पुग्दा नपुग्दै छिन्न भिन्न हुन पुग्यो । बामपन्थी पािर्टहरुको कलह र बिभाजनको फाईदा उठाउदै जनमत गुमार्ईसकेको नेपाली काँग्रेसको नेपालको राजनितीमा पुर्नरोदय भएको छ । हाल नेपाली काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा पहिलो दल वन्न पुगेको छ । नेकपा एमाले दोस्रो दल वनेको छ भने नेपाली काँग्रेस संग गठवन्धन गरेका वाम पार्टिहरु नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजववादीको अवस्था निक्कै खस्केको छ । गठवन्धनवाट जे जति फाईदा उठाउनु पर्ने हो त्यो नेपाली काँग्रेसले उठाएको छ त्यो अहिलेको चुनावमा मात्रै हैन । स्थानिय चुनावमा पनि उठायो । नेपालका कमयुनिष्ट पार्टिहरु जस प्रति आम नेपाली जनताको भरोसा थियो यिनीहरु बिभाजित भईसकेपछि त्यसको फाईदा राष्ट्रिय स्वतन्त्र पार्टि, अन्य स्वतन्त्र समूह र राप्रपाले उठाएका छन् । तथापि नेपालका कम्युनिष्टहरुले अझै पनि चेतेका छैनन् । उनिहरुमा अहंकार , दम्भ र ब्यक्तिगत ईगो कायमै छ ।
निर्वाचनको प्रत्यक्ष र समानूपातिक तर्फको नतिजा आईसकेको हुनाले अव मुलुकमा सरकार गठनका गृहकार्यहरु चलिरहेका छन् । कुनै पनि दलको बहुमत नआएको, नेपाली काँग्रेस र नेकपा एमाले दुई ठूला दलहरु मिलेमा मात्रै दुई पार्टिको सरकार वन्ने अन्यथा सरकार वनाउन ३, ४ या ५ पार्टि सम्म चाहिने अवस्था मुलुकमा देखिएको छ । सत्ता गठवन्धन दलहरु सत्ता गठवन्धनलाईनै निरन्तराता दिने सहमतिमा पुगेको वताईरहेका वेला नेकपा एमालेले पनि सरकार गठन गर्नको लागि सवै दलसंग संवाद अगाडि वढाउने वताएको छ । निर्वाचन आयोगले मंसीर २८ गते सम्म राष्ट्रिपतिलाई चुनावी नतिजा वुझाउने भनेकाले अवको करिव १ महिना सम्ममा मुलुकले नयाँ सरकार पाउछ । त्यो वेला सम्म सरकार गठनका कोसिसहरु विभिन्न ढंगले हुने हुनाले मुलुकमा कुन कुन पार्टिको सरकार वन्ने हो एकिन भन्न सकिने अवस्था छैन । नेपालमा अझै पनि धेरै जनताले आशा गरेको बामपन्थी पार्टिहरु प्रतिनै हो । नेकपा एमाले , नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा र राष्ट्रिय स्वतन्त्र पार्टि अथवा राप्रिपा मात्रै मिल्ने हो भने पनि काँग्रेस इतरको सरकार वन्ने संभावना देखिन्छ । नेकपा एमालेले प्रत्यक्षमा प्राप्त गरेको ४४ र समानूपातिक तर्फको ३४ गरि ७८, नेकपा माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानूपातिकमा १४ गरि ३२, नेकपा एकिकृत समाजवादीको १०, नेमकिपा र राजमो १÷१ गरि १२२ सिट हुन्छ । सरकार वनाउन चाहिने १३८ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टिलाई लिएर सरकार वनाउन सकिने अवस्था रहन्छ । राष्ट्रिय स्वतन्त्र पार्टिको प्रत्यक्षमा ७ र समानूपातिकमा १३ गरि २० सिट हुँदा वहुमतको सरकार ढुक्कले पुग्ने देखिन्छ । स्वतन्त्र पार्टि नआएको खण्डमा राप्रपा र जसपालाई लिएर पनि सरकार वन्ने देखिन्छ । यस्तो अवस्थामा संवैधानिक पदहरुमा वाम पार्टिहरुले हैसियतका आधारमा पावर सेयरिङ गर्न सक्दछन् । वामपन्थी पार्टिहरु मिल्ने हो भने सवै प्रदेशमा प्रदेश सरकार वामपन्थी पार्टिहरुको वन्न सक्दछ त्यतातिर पहल किन नगर्ने ?
एकतावद्ध बामपन्थी आन्दालन आजको आवश्यकता हो । हालको नेतृत्वले यसमा पहल लिनु पर्दछ यदी यो नेतृत्वले यसमा पहल गरेन भनेपनि वामपन्थी एकतालाई कसैले पनि रोक्न सक्दैन । यो कुराको अनुभूति यसै पटकको निर्वाचनमा वामपन्थी पार्टिका नेताहरु र समर्थकहरुले गरिसकेका छन् बामपन्थीहरु विभाजित हुदा काँग्रेसले कसरी फाईदा लिन्छ भन्ने कुरा प्रमाणित भइसकेको छ । यस्तो अवस्थामा अझै ५ वर्ष काँग्रेसलाई मुलुकको चालाचावी बुझाउनेकी बामपन्थीहरु एकतावद्ध हुने भन्ने चुनौती बाम पार्टिहरुलाईने रहेको छ । त्यसैले वामपन्थी पार्टिहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी, राजमो र नेमकिपा का शिर्ष तहका नेताहरुले ठण्डा दिमागले सोच्नु पर्दछ र दोस्रो तहको नेतृत्वले नेताहरुलाई दवाव दिनु पर्दछ । विगतका तिता, नमिठा सवै कुराहरुलाई भूलेर गल्ति कमी कमजोरीहरुलाई एक ठाँउमा थन्क्याउदै देश र जनताका लागि एक पटक वामपन्थी पािर्टहरु मिलेमा यो मुलुकमा राजनितीक स्थायित्व र बिकास संभव छ । राजनितीमा असंभव भन्ने कुरा केही पनि छैन । असंभवलाई संभव वनाउन सक्नुनै नेतृत्वको महानता हो त्यसैले अरु सवै बिगतलाई भुलेर बामपन्थी पार्टिहरुको एकतामा नेताहरुले ध्यान दिएमा अझै पनि मुलुकमा वापन्थी पार्टिहरुको नेतृृत्वमा सरकार वन्न सक्दछ । त्यस पछि त राष्ट्रपति, उप राष्ट्रपति, सभामुख, उप सभामुख, प्रदेश सरकारहरुमा वामपन्थी पार्टिहरुकै बर्चश्व हुन पुग्दछ ।