पोखरा मंसीर २४,
नेपाल पत्रकार महासंघ कास्की शाखाको १६ औ साधारण सभा आज पोखरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको साधारण सभाको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमका विच गरेका थिए । सो अवसरामा मन्तव्य ब्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता सवल र ससक्त हुन सकेमा मात्रै लोकतन्त्र वलियो हुने वताए । धेरै संघर्ष र वलिदानीपूर्वक यो व्यवस्था आएको वताउदै मुख्यमन्त्री पोखरेलले लोकतन्त्र र संघिय लोकतान्त्रीक गणतन्त्र ल्याउन नेपालको सञ्चार क्षेत्रले गरेको योगदान अविस्मरणीय रहेको वताए । जसरी लोकतन्त्र ल्याउन सञ्चार जगतले भूमिका खेल्यो त्यसरीनै लोकतन्त्रलाई वलियो वनाउन सञ्चार जगतले भूमिका निर्वाह गर्नुपर्ने मुख्यमन्त्रीले वताए । गण्डकी प्रदेश सरकार पत्रकारहरुका समस्या प्रति जानकार रहेको वताउदै यस क्षेत्रको पत्रकारिताको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत मुख्यमन्त्री पोखरेलले वताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारिताको विकासका लागि पोखरा महानगरपालिका सहयोगि रहने वताए । पोखरा महानगरपालिका हाल फोहर मैलाको व्यवस्थापनमा लागेको वताउदै प्रमुख आचार्यले जनवरि १ तारिखमा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जहाज उडाउनका लागि हालको ल्याण्डफिल्ड साईडमा फोहर फाल्न वन्द गरिएकाले उपयुक्त ठाँउको व्यवस्थापनमा लागेको वताए । अवको फोहर मैला ब्यवस्थापन गर्दा फोहर नहुने तथा गन्ध नआउने गरि व्यवस्थापन गरिने प्रमुख आचार्यले प्रष्ट पारे । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुका कतिपय समस्याहरु अझै पनि समाधान हुन नसकेको वताउदै सरकार र सरोकारवालाको ध्यनाकर्षण गराए । श्रमजिवी पत्रकारहरुका समस्या अझै पनि समाधान हुन नसकेको, कतिपय प्रदेश सरकारहरुले ल्याएका सञ्चार विधेयकहरु सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने खालका रहेको वताउदै अध्यक्ष पोखरेलले तिनै तहका सरकारहरु सञ्चार क्षेत्रको बिकासका लागि सकारात्मक वन्नु पर्ने वताए । मुलुकको प्राथमिकता विकास र श्रमृद्धि रहेकाले अवको पत्रकारिताले विकास लार्ई प्रथमिकता दिनुपर्ने पोखरेलले वताए । कार्यक्रममा अध्यक्ष विमला भण्डारीले नेपाल पत्रकार महासंघले निर्वाचित भएपछि हाल सम्मको अवधिमा गरेका कामहरुको वारेमा प्रकाश पारेकी थिईन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाले धन्यवाद र सचिव माधव वरालले कार्यक्रमको सञ्चालन गरेका थिए । साधारण सभाले सचिव माधव वरालले पेस गरेको प्रगति प्रतिवेदन र र कोषाध्यक्ष कृष्ण दवाडीले पेस गरेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।