पोखरा, मंसीर २८,
निर्वाचन आयोगले मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सम्पूर्ण नतिजा आज सार्वजनिक गर्ने भएको छ । आयोगले आज दिउसो १.०० वजे पत्रकार सम्ममेलन गरि नतिजा सार्वजनिक गर्ने जनाएको छ । यसका लागि निर्वाचन आयोगले सञ्चार माद्यमका प्रतिनिधिहरुलाई पत्रकार सम्मेलनमा उपस्थित हुन आमन्त्रण गरेको छ । निर्वाचन आयोगले प्रत्यक्ष तर्फको नतिजा सार्वजनिक गरिसकेको छ भने संघिय संसदको समानूपातिक तथा प्रदेश सभा तर्फको पनि समानूपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गर्नेछ ।
आयोगले राष्ट्रपति समक्ष भने भोली निर्वाचनको नतिजा वुझाउने जनाएको छ । निर्वाचन आयोगले निर्वाचनको नतिजा वुझाएपछि सरकार गठनको प्रक्रिया सुरु हुने छ । कुनै पनि दलको स्पष्ट वहुमत नआएकाले अव वन्ने सरकार मिलुजुली वन्ने भएकाले राष्ट्रपतिले सरकार गठनका लागि सवै भन्दा पहिला संसदमा ठुलो दललाई आव्हान गर्ने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गरेसंगै प्रदेशमा पनि सरकार गठनका प्रक्रियाहरु सुरु हुनेछन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।