पोखरा मंसीर १८,
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले बुधवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि पार्टी घोषणा सभा तथा घोषणपत्र सार्वजनिक गरेको छ । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सो पार्टिका संरक्षक कुलमान घिसिङले आफुनो पार्टीले मुलुकका हरेक क्षेत्रमा उज्यालो ल्याउने गरि नेपाललाईनै उज्यालो वनाउने गरि काम गर्ने वताए । काठमाण्डौको प्रज्ञाभवन कमलादीमा आयोजना गरिएको कार्यक्रममा खचाखच मानिसहरुका विच घिसिङले नेपाललाई उज्यालो वनाउदै नेपाली जनताको मुहारमा उज्यालो ल्याउने उद्धघोषका साथ आफु राजनितीमा आएको वताए । अघिल्लो सरकारले विद्युत पा्रधिकरणमा ३ महिना वाँकी रहदा निकालेकाले आफुलाई अवसर प्रप्त भएको वताउदै जेन्जी आन्दोलनका कारण मन्त्री वन्ने अवसर पाएकाले जेन्जी आन्दोलनलाई उज्यालो नेपाल पार्टीले संसथागत गर्ने वताए । काम गरे नेपाल विकास हुन समय नलाग्ने भन्दै घिसिङले नेपालमा काम गर्ने सोच भएको नेतृत्व नभएकाले मुलुक विकासमा पछाडि परेको वताए । नेपाल, भारत र चिनको विकासको रफ्तारको उदारण दिदै घिसिङले नेपाल ७५ वषृको अविधिमा ७५ गुणा विकास भएको भारतमा १५० गुणा र चिनमा ३५० गुना आर्थिक विकास भएको तथ्याङ्क प्रस्तुत गरे । नेपालमा १५ वर्ष सम्म पनि निर्माणको काम नगर्नेहरुको ठेक्का थयथावत राखिको सुनाउदै आफु मन्त्री भएर आएपछि त्यस्ता ठेक्काहरुलाई तोडेको वताए ।
कार्यक्रमलाई संवोधन गर्न प्रज्ञाभवन पुगेकी पूर्व मन्त्री तथा रास्वपावाट अलग भएर वसेकी सुमना श्रेष्ठले जेन्जी आन्दोलनले मुलुकमा नयाँ अवसर प्रदान गरेको वताईन् । अव थाकेर वस्ने छुट नभएको भन्दै आफु सधैव एकताको पषमा रहेको वताईन् । अव परिवर्तनको एजेण्डा मिल्नेहरु विच एकता हुनुपर्ने भन्दै फेरि पनि छरिएर रहे जेन्जी आन्दोलनको मर्म विपरित पुरानै दलहरुको हाली मुहाली हुने श्रेष्ठले वताईन् । नागरिक अगुवा सुन्दरमणी दिक्षीतले नेपालको अस्तित्व समाप्त हुने अवस्था आएको वताउदै नेपाललाई वचाउन पुराना दलको विकल्पमा नयाँ बैकल्पिक शक्ति आउनै पर्ने वताए । सो पार्टिकी केन्द्रीय सदस्य तथा चलचित्र अभिनेत्री रिमा विश्वकर्माले पूर्व प्रधानमन्त्री केपि ओली तर्फ लक्षीत गर्दै आफु प्रधानमनत्री भएको वेला गोली कसले चलायो भन्ने सम्म पनि थाहा नपाउने गैर जिम्वेवार नेता अव नेपाली जनतालाई नचाहिएको वताईन् ।
यसै विच उज्यालो नेपाल पार्टीले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गर्दै ७ वुँदै संविधान संसोधन प्रस्ताव अगाडि सारेको छ । उसले आफ्नो प्राथमिक लक्ष्य सुशासन, समृद्धि र सामाजिक न्याय रहेको स्पष्ट पारेको छ । पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा हालको शासकीय व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न असम्भव रहेको निष्कर्ष निकाल्दै संविधानका केही महत्त्वपूर्ण धाराहरू संशोधन गर्नुपर्ने औँल्याएको छ ।
उज्यालो नेपाल पार्टीले प्रस्ताव गरेको सात बुँदे संशोधन एजेन्डामा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्ने र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गर्ने उल्लेख छ । साथै, प्रदेशमा सांसद रहने व्यवस्था हटाई स्थानीय तहका प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने ’प्रदेश परिषद्’ बनाउनुपर्ने र सोही परिषद्ले ऐन पारित गर्ने प्रस्ताव पार्टीले अघि सारेको छ ।
सङ्घीयताको अभ्यासलाई कायम राख्दै देशको भूगोल र आर्थिक सामथ्र्यका आधारमा प्रदेश र स्थानीय तहको संरचना तथा सङ्ख्या पुनरावलोकन गर्नुपर्ने पार्टीको धारणा छ । शासकीय सुधारका सन्दर्भमा सांसद नभएका विषय विज्ञहरूलाई पनि मन्त्री बनाउन सकिने व्यवस्था गर्नुपर्ने तर परराष्ट्र, गृह, कानून र रक्षा मन्त्रालयको जिम्मेवारी भने निर्वाचित सांसदलाई नै दिनुपर्ने एजेन्डा घोषणापत्रमा समेटिएको छ ।
त्यसैगरी, न्यायपालिकामा हुने दलीय हस्तक्षेप रोक्न न्यायपरिषद्को पुनर्संरचना गर्ने र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने विषयलाई पार्टीले प्राथमिकताका साथ उठाएको छ । राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री निर्वाचित भइसकेपछि संसद्को आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गरिनुपर्ने र एउटै निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक उम्मेदवार हुन नपाउने कडा व्यवस्थाको प्रस्ताव पनि सो पार्टीले गरेको छ । समानुपातिक र मनोनीत सांसदको सुविधा एक पटकका लागि मात्र हुनुपर्ने पार्टीले स्पष्ट पारेको छ । उज्यालो नेपाल पार्टीले आफ्नो प्राथमिक लक्ष्य नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डो¥याउनु रहेको जनाएको छ । घोषणापत्रमा उल्लेख भएअनुसार राज्यको क्षमता बढाएर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्वभित्र पार्ने र स्वदेशी पुँजी परिचालन गरी रोजगारी सिर्जना गर्ने पार्टीको मुख्य ध्येय छ । पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न नसकेको आरोप लगाउँदै सो पार्टीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारबाट आर्जित सम्पत्ति छानबिन गरी जफत गर्ने नीति अख्तियार गर्ने जनाएको छ । घोषणापत्रमार्फत पार्टीले आफ्नो साङ्गठनिक संरचना चुस्त र प्रविधिमैत्री हुने तथा उत्कृष्टताका आधारमा नेतृत्व चयन गर्ने प्रतिज्ञा गरेको छ ।
