पोखरा कार्तिक २०,
नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी ,नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको नेपाल साम्यवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवासकाफ्ले नेतृत्वको जनसमाजवादी पार्टि , विप्लवको पार्टिमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको पार्टि लगायत १० राजनितीक दल हरु मिलेर नेपाली कम्युनिष्ट पार्टि गठन भएको छ । कार्तिक १९ गते हिजो काठमाण्डौको भृकुटी मण्डपमा हजारौ नेता कार्यकर्ताहरुको उपस्थितीमा सो पार्टिको घोषणा सभा एवं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलनले नेपाली कम्युनिष्ट पार्टिको धोषणा पत्र, विधान , चुनाव चिन्ह लाई पारित गरेको छ । सम्मेलनले नेपाली कम्युनिष्ट पार्टिको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजकमा माधव कुमार नेपाललाई निर्वाचित गरेको छ । साथै सम्मेलनले सो पार्टिको कार्यकारिणी समिति, सचिवालय , राजनितीक समिति, र केन्द्रिय समिति रहने व्यवस्थालाई अनुमोदन गरेको छ । सो पार्टिले वहुपदीय व्यवस्थालाई खारेज गर्दै, १० वटै पार्टिको केन्द्रिय समिलिार्ई समेटेर केन्द्रिय समिति, केन्द्रिय आयोग र सल्लाहाकार परिषद निर्माण गर्ने, प्रदेश र जिल्लामा पनि संयोजक र सह संयोजक सहितको संगठनात्मक स्वरुप रहने निर्णय गरिएको छ । पार्टिको बिधानमा हरेक कमिटीहरुमा २० प्रतिशत जेन्जी समूह र ३५ प्रतिशत महिलाहरुलाई छुट्याईएको छ ।
दुई सत्रमा आयोजित कार्यक्रममा उद्धघाटन सत्रमा १० वटै राजनितीक दलका अध्यक्षहरु र पूर्व प्रधानमन्त्री झलनाथ खनालले मन्तव्य व्यक्त गरेका थिए भने दोस्रो सत्रमा संयोजक, सह संयोजक, केन्द्रिय समिति चयन गरिएको थियो । दोस्रो सत्रमा पार्टिको घोषणा पत्र र विधान पारित गरिएको थियो । घोषणा पत्र नेता देव गुरुङ र विधान नेता बेदुराम भूषाले वाचन गरेका थिए । कार्यक्रममा स्वागत नेता प्रमेश हमाल र सञ्चालन वर्षमान पुनले गरेका थिए । नेतृत्व चयनको प्रक्रिया टुङ्गिएपछि शुभकामना मन्तव्यको क्रम सुरु भएको थियो । नेतृ पम्फा भूषाल, नेताहरु नारायण काजी श्रेष्ठ, बामदेव गौतम, लगायतका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपालको वामपन्थी आन्दोलन अव टुटफुट र विभाजनवाट अगाडि वढ्न नसक्ने हुँदा एकतावद्ध भएर अगाडि वढाउनका लागि यो एकता महत्वपूर्ण भएको वताएका थिए । कार्यक्रमको विच विचमा नेपालको कम्युनिष्ट आनदोलनको एकतासंग सम्वन्धित गित र नृत्यहरु प्रस्तुृत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा नेपाली कम्युनिष्ट पार्टिका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव कुमार नेपालले संवोधन गरेका थिए । सम्मेलनलार्ई संवोधन गर्दै संयोजक प्रचण्डले नव गठित नेपाली कम्युनिष्ट पार्टिलाई नेपालको पहिलो पार्टि वन्न दूँनियाको कुनै तागतले रोक्न नसक्ने वताए । यो एकतावाट केही केहीको निद्रा हराम भएको पनि हुन सक्दछ , उनिहरुको निद्र हराम भएपनि होस् त्यसको कुनै प्रवाह छैन, विदेशी प्रतिक्रियावादी शत्तिहरु पनि यो एकता देखि तर्सेका होलान् तर नेपालका बामपन्थी पार्टिहरु विचको मुल प्रवाह नेपाली कम्युनिष्ट पािर्ट भएको प्रचण्डले वताए । आज १० वटा कम्युनिष्ट पािर्टहरु विच एकता भएको छ यो सुरुवात मात्रै हो अव विस्तारै अन्य दल र समूहहरु संग पनि एकता गर्दै जाने प्रचण्डले वताए । आफुहरु कसैसंग पनि वायस नभएको भन्दै प्रचण्डले नेकपा एमालेसंग पनि एकता गर्ने आफुहरुको उदेश्य रहेको तर त्यसका लागि एमालेको नेतृत्व सच्निुपर्ने प्रचण्डले वताए । जेन्जीहरुले आफुहरुको आँखा खोलीदिएको वताउदै जेन्जी आन्दोलनले तिमिहरु सच्चिनु पर्दछ भनेर दिएको सन्देश आफुहरुका लागि सच्चिने प्रेरणा भएको वताए । अव हामीहरु नसच्चिकन नहुने भन्दै जेन्जीहरुसंग सहकार्य गर्न ईच्छुक रहेको समेत प्रचण्डले वताए । मुलुकमा बामपन्थी पार्टिहरु मात्रै छैनन् अरु लोकतान्त्रिक शक्तिहरु पनि रहेको वताउदै सवैलाई मिलाएर लैजाने अभिभारा आफुहरुसंग रहेको प्रचण्डले वताए । गिरिजा प्रसाद कोईराला र आफुले बृहत शान्ति संझौतामा हस्ताक्षर गरेको स्मरण गर्दै प्रचण्डले गिरिजा प्रसाद कोईरालाले जीवनको अन्तिम क्षणमा आफुलाई अव बाँकी काम पुरा गर्ने जिम्मा तपाईको हो भनेर भनेको प्रसंग प्रचण्डले सुनाएका थिए । वर्तमान सरकार निर्वाचन गराउन प्रतिवद्ध भएको उल्लेख गर्दै प्रचण्डले निर्वाचननै अवको मुलुकको निकास भएकाले निर्वाचनमा आफ्नो पार्टिले पूर्ण सहयोग गर्ने वताए ।
सम्मेलनलार्ई संवोधन गर्दै नेपाली कम्युनिष्ट पार्टिका सह संयोजक माधव कुमार नेपालले १० पार्टिहरुको एकता संगै नेपालको बृहत बामपन्थी एकताको सुरुवात भएको वताए । २०७५ साल जेष्ठ ३ गते मदन भण्डारी र जिवराज आश्रीतको स्मृति दिवसको दिन नेपालका ठूला कम्युनिष्ट पार्टिहरु एमाले र माओवादी केन्द्र एक भएको प्रसंग उल्लेख गर्दै नेपालमा झण्डै दुई तिहाईको कम्युनिष्ट पार्टिको सरकार वनेको भएपनि केही ब्यक्तिहरुको निकृष्ट सोच र व्यवाहारले उक्त एकता खण्डित भएको नेपालले वताए । हिजो नेकपा हुँदाका ९ जना सचिवालय सदस्यहरु मध्ये ५ जना सचिवालय सदस्यहरु जोे नेपालको बामपन्थी आन्दोलनमा ठूलो भूमिका भएका ब्यक्तिहरु हुन् उनिहरु नेपाली कम्युनिष्ट पार्टिमा रहेकाले यो नै नेपालको कम्युनिष्ट पार्टिको मुल धार भएको भन्दै नेपालले अव आफुहरुको एकतालाई कसैले खण्डित पार्न नसक्ने वताए । विभिन्न पार्टि तथा समूहमा रहेका विचार मिल्ने पार्टिहरु विच एकता गर्दै जाने वताउदै नेपालले विगतको समाजवादी मोर्चालाई समेत सहकार्यको थलो वनाउन सकिने नेपालले वताए । जेन्जी आन्दोलनले दिएको शन्देश र भावना विपरित जाने छुट आफुहरुलाई नभएको वताउदै नेपालले जेन्जीका केही समूहहरुसंग आफुहरु सम्वादमा रहेको वताउदै आजै विहान पनि जेन्जीको एउटा समूहलाइ पार्टि प्रवेश गराएको जनकारी दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी आन्दोलन पछि खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालले प्रधानमन्त्री सुशिला कार्कीलाई प्रधामन्त्री वनाउनु अगाडि प्रचण्ड र आफु राष्ट्रपतिसंगको संवादमा रहेको खुलासा गरेका थिए । फागुन २१ मा हुने चुनाव भाड्नका लागि हुने जुनसुकै षडयन्त्रलाई परास्त गर्दै चुनावमा केन्द्रित हुन सरकारलाई नेपालले आग्रह गरे ।

