पोखरा पौष ६,
पोखरा महानगरपालिका वडानं १३ आर्वा स्थित,कुलायन मार्ग टोल बिकास संस्थाको शनिवार भएको १०औं साधारण सभा तथा पाँचौं अधिवेशनले माधबप्रसाद बरालको अध्यक्षतामा नौं सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
संस्थाको उपाध्यक्षमा सरू बि.क, सचिव लक्ष्मी सुवेदी बराल र कोषाध्यक्ष मा मिनबहादुर भुजेल छानिएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा हिमलाल शर्मा, पूर्णप्रसाद सापकोटा, अनिता बराल, सीता क्षेत्री र सरस्वती बि.क चयन भएका छन् ।
अधिवेशनको उद्घाघाटन गदै पोखरा १३ का वडा अध्यक्ष कीरण बरालले समग्र वडाको विकाश निर्माणका काममा टोल बिकास संस्थाहरूसँग हातेमालो र सहकार्य गदै अगाडी बढ्ने बताए । उनले वडा सधै साथमा रहेको भन्दै विकाशका काममा सहयोग गर्ने जानकारी दिए । विशेष अतिथि निवर्तमान वडा अध्यक्ष दर्शन लामाले टोलको बिकाश नभई देशको विकाश नहुने भन्दै सबै मिलेर अगाडी बढ्न आग्रह गरे ।
कुलायन मार्ग टोल बिकास संस्थाका अध्यक्ष मधुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु हिमलाल बराल तथा दिनानाथ बराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सचिव लक्ष्मी सुवेदी बरालले गरेकी थिइन् ।
सभामा अध्यक्ष मधुकुमार श्रेष्ठको वार्षिक प्रतिवेदन, सचिव लक्ष्मी सुवेदी बरालको सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष माधबप्रसाद बरालको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको स्थानिय फडिन्द्रलाल बरालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।