पोखरा माघ ४,
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले गण्डकी प्रदेशका १८ वटा निर्वाचन क्षेत्र मध्ये १७ वटा क्षेत्रका उमेद्धवारहरु टुङ्गो लगाएको छ । यो समाचार तयार पार्दा सम्म कास्की क्षेत्र नं ३ को भने टुङ्ग्याउन वाँकी रहेको छ । कास्की क्षेत्र नं १ मा राजकाजी गुरुङ, २ मा हेम थापा , लमजुङमा हरिजंग तामाङ, तनहूँ १ मा विद्यानाथ ढकाल र २ मा सोम वहादुर थापा, गोरखा १ मा हरि अधिकारी र २ मा लेखनाथ न्यौपाने, स्याङ्जा १ मा शैलेन्द्र घिमिरे, २ मा पदम वहादुर विक, बाग्लुङ १ मा कृष्ण वहादुर केसी, २ मा ग्यामनाथ गैरे, पर्वतमा मनहरि तिमिल्सीना, म्याग्दीमा अर्जुन बहादुर थापा, नवलपरासी पूर्व १ मा लोक प्रसाद भुर्तेल र २ मा गणेशमान महतो, मुस्ताङमा ङटुक गुरुङ र मनाङमा देव प्रसाद गुरुङलाई सो पार्टीले उमेद्धवार वनाएको छ । कास्की ३ मा प्रेम प्रसाद पौडेलको नाम टुङ्ग्याउन लागिएको भएपनि पौडेलले उमेद्धवार हुन निर्णय नदिएकाले उक्त निर्वाचन क्षेत्रको उमेद्धवार टुङ्ग्याउन वाँकी रहेको नेकपा स्रोतले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।