– नवराज सुवेदी
नेपाली राजनितीमा नैतिकताको खडेरी परेको छ । मुलुकलाई डोहो¥याउने राजनितीले हो त्यही राजनितीमा नैतिकताको खडेरी परेपछि अरु क्षेत्र पनि स्वाभाविक रुपमा प्रभावित हुनेनै भयो । जव कुनै मुलुकमा शासन सञ्चालनको तह सम्म पुगेका ब्यक्तिहरुमा नैतिकताको खडेरी पर्दछ तव मुलुकमा अस्तव्यवस्तता र अराजकता वढ्छ । राणा शासनको अत्य देखि कहिले प्रजातन्त्र÷लोकतन्त्र र कहिले निरंकुश शासन व्यवस्था बेहोर्दै आएको नेपालले ७५ वर्ष सम्म पनि छीमेकी देशहरुको तुलनामा आशालाग्दो तरिकाले प्रगति गर्न सकेन । यसको एउटै कारण हो नेपालका नेताहरुमा नैतिकताको खडेरी छ । शासन व्यवस्थामा कानूनको सही रुपमा पालना भएको छैन र दण्डहिनता चरम रुपमा मौलाएको छ । देश र जनतालाई शिरमा राखेर काम गर्नेहरुको संख्या अत्यन्तै कम छ । राजनिती आफु र आफ्ना लागि गरिएको छ । जता आफुलाई फाईदा हुन्छ त्यतै तिर लाग्ने अर्थात आफ्नो बिवेकलाई वन्धक राखेर पद र पैसाको लागि दौडने नेपालका राजनितीक दलका नेताहरुका कारण मुलुक वर्वादीको दिशातर्फ गएको छ । छिमेकी देश चिन र भारतले त्यसै प्रगति गरेका हुन् ? अलिकति पनि भ्रष्टाचार र अनियमितता गरेको भेट्टाएमा जो कोही किन नहोस् चाहे सत्तारुढ चिनिया कम्युनिष्ट पािर्टको नेतानै किन नहोस् उसलाई मृत्यु दण्ड दिईन्छ । भारतमा पनि कानून उल्लङ्घन गरेर अनियमितता गर्नेलाई कठोर भन्दा कठोर मृत्यु दण्ड सम्मको सजाय छ त्यसैले त ति मुलुकमा विकासमा दूनियाका अरु देशहरुलाई उछिन्दै गए । हामीले त्यो तरिका किन अवलम्वन गर्न सक्दैनौ ? देश र जनतालाई लुटेर आफु मोटाउनेहरुलाई किन निर्मम तरिकाले कारवाही गर्न सक्दैनौ ? सत्तामा भएको दलले नियम कानून प्रहरी प्रशासन, अख्तियार लगायतका संस्थाहरुलाई कव्जामा लिएर भ्रष्टाचार र अनियमिततामा मुछिएका ब्यक्तिहरुलाई उन्मुक्ति दिने, पैसा लिएर उन्मुक्ति दिने र विपक्षी दलका नेता कार्यकर्ताहरु तथा समर्थकहरुलाई खोजी खोजी कारवाही गर्ने तरिका अवलम्वन भएको देखिन्छ यस्तो तरिकाले मुलुक कता पुग्छ राजनिती गर्ने नेताहरुले विश्लेषण गर्नु पर्ने भएको छ ।
एउटा राजनिती पार्टिमा लागेको ब्यक्ति ५ वटा दल चाहारेको छ । आज एउटा दलसंग असहमत भएर अर्को दलमा गएको छ आफुले छोडेको दल र उसका नेताहरुलाई अश्लिल खालका गाली गलौज गरेको छ फेरि स्वार्थका लाथि केही समयपछि उही छोडेको दलमा गएको छ अनि पहिला गाली गलौज गरेका नेताहरुको प्रशंसा गरेको छ । त्यस्ता ब्यक्तिहरुलाई मिडियाले नेता भनेर संवोधन गरेको छ र उसको वारेमा जोडतोडले प्रचार गर्ने गरेका छन् । हिजो आफु आवद्ध पार्टि छोडेर सो पार्टि सम्वद्ध नेता कार्यकर्तालाई गाली गलौज गर्नेहरु आफ्नो पार्टिमा फकिएपछि त्ये ब्यक्ति हिजो गलत भए पनि आज उनिहरुको नजरमा महान ब्यीक्त वन्ने गरेको छ । हिजो उसले गरेका गल्तिहरु आज आफ्नो पार्टिमा आएपछि ति सवै माफी भएका छन् । यस्तो प्रवृति नेपालमा गुणत्मक रुपमा वढेको देखिन्छ यस्तो प्रवृतिलाई हामी किन वढावा दिईरहेका छौ ? यस्तो प्रवृतिले मुलुकलाई कता पु¥याउछ ? त्यस्ता प्रवृतिका ब्यक्तिहरु हरेक जसो पुराना पार्टिहरुमा देखिएका छन् मात्रा कुनै दलमा कम होला कुनै दलमा वढि होला त्यो अलग विषय हो । यसले आम मानिसहरुमा कस्तो सन्देश गएको होला ? जे गर्दा पनि नेता भई रहने, जसो गर्दा पनि नेता हुईने, ६÷६ महिना, १÷२ वर्षमा दल चाहारिरहे पनि उ नेतानै भईरहने, पार्टिले त्यस्तै ब्यक्तिहरुलाई टिकट दिईरहने, त्यस्ते ब्यक्तिलाई जनताले पनि पार्टिका नाममा भोट दिएर जिताईरहने यस्तै तरिकाले मुलुक यो अवस्थामा पुगेको हो । जेन्जी आन्दोलनले नेताहरुलाई सच्चिनका लागि ठूलो सन्देश प्रवाह गरेको भएपनि त्यसको पालना हुनुभन्दा झनै वढि दलवदलका श्रीङ्खलाहरु देखिएका छन् । यस्तो प्रवृतिले गर्दा मुलुकमा अराजकता वढेको छ , जसले जे गरे पनि हुने अवस्थाको श्रीजना भएको छ । यस्तो प्रवृतिलाई पूर्ण रुपमा नियन्त्रण र निरुत्साहित गर्न जरुरी छ । दल वदलको नियमलाई ब्यक्तिको ब्यीक्तगत स्वतन्त्रता हो भन्दै यति सजिलो र सस्तो वनाउनु हुँदैन । संविधानमै अव दल वदललाई कडाई गरिनु पर्दछ । एउटा दल मन नपरेमा अर्को दलमा यति वर्ष सम्म जान नपाईने भन्ने नियम संविधानमा राख्न सकेको खण्डमा पद, प्रतिष्ठा र पैसाका लागि दल चाहार्ने प्रवृतिको अन्त्य हुन सक्दछ ।
आज मुलुकले परिवर्तन खोजेको छ । जेन्जी आन्दोलनले दिएको सन्देश भनेको मुलुकमा आम रुपमा परिवर्तनको सन्देश हो । हरेक क्षेत्रमा पारदर्शिता, भ्रष्टाचारको अन्त्य, नैतिकवान नेता, र मुलुकको तिव्र विकास, स्वदेशमै रोजगारी, विदेश पलायनको रोकथाम, शासन प्रणालीमा भएको ढिला सुस्तीको अत्न्य, हरेक क्षेत्रमा हुने दलीयकरणको अन्त्य लगायतमा परिवर्तन हुनपर्ने जेन्जी आन्दोलनको माग र सवै नेपाली जनताको माग पनि यही हो अव यी कुराहरुलाई संवोधन गर्न सक्ने , राजनितिक शक्तिको मुलुकलाई खाँचो छ । अव जनतालाई ढाँटेर, केही समय जनताका आँखामा छारो हालेर शासन गर्ने दिन गए । जनताको भोट लिएर जनप्रतिनिधि भएकाहरु पूर्ण रुपमा जनताप्रति उत्तरदायी वन्नेपर्नेमा जितेर गएपछि जनतालाई वास्तापास्ता नगर्ने, सरकारी सेवा सुविधाले ब्यक्ति अन्धो जस्तै वनिदिने प्रवृतिको पनि अन्त्य हुनु जरुरी छ । नेपालको राजनितीमा देखिएको कुरुप दृष्य हटाउने कसले र कहिले भन्ने विषयमा वहस हुन थालेको छ । राजनितीलाई पेशा वा व्यवसायको रुपमा हेर्ने, सधै भरि उहि र पुराना अनुहारहरुले टिकट पार्ईरहने, दलका नाममा उनिहरुले जितेर जनप्रतिनिधि भईरहने, समावेसीका नाममा पिछडिएको ब्यक्ति वा समूदायलाई दिईने समानूपातिकमा पनि सोही क्षेत्रका टाठावाठाहरुलेनै मौका पाउने, दलको मुल नेता मुखिया र अरु साधारण मानिस सरह हुने र मुखियाले जे भन्छ सोही अनुरुप पार्टि चल्लु पर्ने , टिकट वितरणमा पनि मुखियाकै हाली मुहाली चलिरहने, मुखियाले टिकट वितरणमा आफ्ना गुटकालाई मात्रै टिकट दिने र आम पार्टि कार्यकर्ताले चुपचाप उही मुखियाले टिकट दिएको ब्यक्तिलाई चुनाव जिताईदिनुपर्ने जस्तो जनतालाई राजनिततिक दलका नाममा वन्धक वनाउने प्रवृतिको समुल नष्ट गरेर जनताले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्ने वतावरण तयार गर्नुपर्दछ । कोही राजनितीमा लागेपछि नमरुञ्जेल पदमा वसिरहनुपर्ने र कसैले जनतप्रतिनिधि वन्ने मौका नै नपाउने जस्तो विभेदपूर्ण अवस्थालाई अन्त्य गर्दै अव नेपाली राजनितीमा देखिएको फोहरको डङ्गुर, कुरुप दृष्य र घिनलाग्दो शैलीको अन्त्य हुनुपर्दछ अव हरेक क्षेत्रमा पारिदर्शिता, निश्पक्षता देखिनुपर्दछ । तव मात्रै मुलुकले विकासको मार्ग पक्डन सक्दछ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।